२० तस्बिरमा हेरौँ ऐतिहासिक जनआन्दोलन २०६२/६३!!

Leaderboard Banner

काठमाण्डाै, ११ वैशाख– आज देशभर लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । जनताको आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको यो दिन बैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ। सशस्त्र युद्ध गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेका राजनीतक दलहरुका बीचमा १२ बुँदे सहमतिपछि भएको १९ दिने जनआन्दोलनले यसै दिन राजतन्त्रलाई घुँडा टेकाएको हो ।
यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति पक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको विशेष महत्त्व रहेको छ। सामन्ती राजतन्त्रको अन्य भएर गणतान्त्रिका व्यवस्थाको सुरुवाता भएको १० वर्ष बितिसक्दा पनि जनताका चाहना भने पूरा हुन सकेका छैनन् । अाज लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै बिभिन्न राजनीतिक दलका नेताहरुले दोस्रो जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्रको उपलव्धीलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। संविधानसभाबाटै जारी भएकाे संविधानलार्इ अक्षरश पालना गर्ने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्न दलहरूबीचमा एकताहुनुपर्ने नेताहरुको भनाई छ।
मुलुकमा लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भएपनि जनभावना अनुसार परिवर्तन संस्थागत हुन नसकेको भन्दै दलहरुको आलोचना हुँदै आएको छ। सहिद परिवार र घाइतेहरुले जनआन्दोलनको भावना अनुसार काम गर्न नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

यसरी ओर्लिएका थिए जनता सडकमा


सबै तस्बिर इन्टरनेट आर्काभबाट

प्रकाशित : मङ्गलबार, बैशाख ११, २०७५०९:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लोकतन्त्र दिवसः गणतन्त्रको जग