र्इजीपीकाे अाठाैँ बैठक अाजदेखि दिल्लीमा

Leaderboard Banner

काठमाडाै । नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजीको) आठौँ बैठक भारतको नयाँ दिल्लीमा विहीबारदेखि शुरु हुने भएको छ।

ईपीजीको अाठाैँ बैठकमा सहभागी हुन नेपाली समूह नयाँ दिल्ली पुगेको छ । बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सन् १९५० को पुनरावलोकनको विषयमा छलफल चल्दै आएको छ । गत वर्ष असारमा भएको पहिलो बैठकदेखि नै दुई देशबीच भएका असमान सन्धि सम्झौता पुनरावलोकनका लागि छलफल चलिरहेको छ ।

काठमाडौंमा बसेको सातौं बैठकमा दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि आवश्यक बुँदासहितको प्रतिवेदनको मस्यौदा आदानप्रदान भइसकेको छ। यो बैठकमा भारतीय पक्षले नेपाली पक्षको प्रतिवेदनमा सुझाव दिने बुझिएको छ। नयाँदिल्लीमा हुने दुईदिने बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने र आगामी बैठकमा यसलाई टुंग्याउने गरी काम भइरहेको जनाइएकाे हाे ।स्राेतका अनुसार मस्यौदा प्रतिवेदनलाई निर्णायक बनाउने गरी आठौं बैठकमा छलफल हुनेछ ।

उक्त बैठकमा नेपाली पक्षकाे समुहबाट डा.भेषबहादुर थापा  र डा.राजन भट्टराई, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय सदस्य छन्। भारतका तर्फबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी संयोजक तथा महेन्द्र पी लामा, बीसी उप्रेती तथा जयन्तप्रसाद सदस्य छन्।

प्रकाशित : बिहिबार, चैत २९, २०७४१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछः अध्यक्ष दाहाल