विश्वकप क्रिकेट छनोट: सन्दिप लामिछानेले लिए ३ विकेट

Leaderboard Banner

काठमाडौं । अहिले जिम्बावेमा भैरहेको विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालले ताजा स्थितिमा हङकङको आठ विकेट झारीसकेको छ ।

केहिबेर अघि आठौं विकेटको रुपमा हङकङका अइजा खान सन्दीप लामिछानेको बलमा ३ रन बनाउदै आउट भए । यस भन्दा पहिले सातौ विकेटको रुपमा तनविर अफजाललाई बसन्त रेग्मीले आउट गरेका थिए

 त्यसैगरी छेटौं विकेटको रुपमा हङकङका निजाकत खानलाई नेपालका ललित राजवंशिले ४७ रनमा आउट गरेका थिए। यो समाचार तयार पर्दा सम्म हङकङले ४२ ओभरको खेल सकिँदा १२५ रन बनाएको छ।

सन्दीपले दिए ३ विकेट 

आजको खेलमा सन्दिप लामिछानेले १७ रन दिएर हङकङका ३ विकेट चट्काएका छन्।  उनले अन्शाई रथ र शाहिद वाशिफलाई समान १/१ रन र अजाज खानलाई ३ रनमा आउट गराएका हुन्। त्यसैगरी बसन्त रेग्मीले २ र ललित राजबंशी र  सोमपाल कामीले समान एक एक विकेट लिए।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१६:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हङकङले नेपाललाई दियो १५४ रनको सामान्य लक्ष्य