नेपाललाई दास्रो सफलता: सोमबालको बलमा हङकङका कप्तान हायात कट एंड बोल्ड !

Leaderboard Banner

काठमाडौँ । जिम्बावेमा जारी विश्व कप किर्केट छनोट खेलमा अन्तर्गत हङकङबिरुद्धको खेलमा नेपाललाई दास्रो सफलता मिलेको छ।

नेपालका लागि दास्रो सफलता बलर सोमपाल कामीले दिलाएका हुन्। उनले हङकङका कप्तान बार्बर हायातलाई २० रनमा पेवेलियन फर्काएका हुन्। कप्तान हायातले मात्र १६ बल खेल्दै १ छक्का र ३ चौकाको सहायताले २० बनाईसकेका थिए।

त्यसै गरि नेपालका लागि पहिलो विकेट  स्पिनर बसन्त रेग्मीले लिए। उनले आफ्नो पहिलो ओभरकै दास्रो बलमा हङकङका ओपनर ब्याट्सम्यान किस्टफर काटरलाई ९ रनमा आउट गराएका हुन्।  उनले २१ बल सामना गरेका थिए।

यो समाचार तयार पार्दा सम्म हङकङले २ विकेटको क्षतिमा ५४ रन बनाएको छ। यतिबेला १२ ओभरको खेल भैसकेको छ।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हङकङको लगातर तेस्रो र चौथो विकेटको पतन: नेपाली बलर खेलमा हावी हुँदै..