बसको पांग्रा खुस्किएर दुर्घटना हुदाँ दुईको मृत्यु

Leaderboard Banner
सांकेतिक तस्वीर

नुवाकोट, २८ फागुन। त्रिशूलीबाट देवीघाटतर्फ गइरहेको मिनीबस दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये दुई जनाको आइतबार राति मृत्यु भएको छ ।

विदुर नगरपालिका–५ पिपलटारका २७ वर्षीय ईश्वर नेपालीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा र सोही स्थानका २५ वर्षीया बिमला डंगोलको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बा.१ ख ६५१९ नं को बस गुडिरहेको समयमा आइतबार अपराह्न पांग्रा खुस्किएर विदुर नगरपालिका–५ पिपलटारमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बेलकोटगढी नगरपालिका–८ जिलिङका ३५ वर्षीय गुरुप्रसाद नेपाल र उहाँको पाँच वर्षीय छोरा प्रवेश नेपाल, धादिङ बैरेनीका ३७ वर्षीया दीपा सुनारलाई थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

अन्य चार जना घाइतेको जिल्लास्थित नुवाकोट सिटी अस्पताल विदुर र सञ्जीवनी अस्पताल बट्टारमा उपचार भइरहेको छ । घाइते भएका नौको अवस्था सामान्य भएपछि घर फर्किएका छन् । दुर्घटना भएको गाडीधनी एवम् चालक विनपा–५ पिपलटारका देवेन्द्रराज गजुरेललाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित : सोमबार, फागुन २८, २०७४०८:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतले अागामी ५ वर्षमा १७५ गिगावाट विद्युत उत्पादन गर्ने