ओली र प्रचण्डवीच भयो यस्तो सहमति, फेरी सुरु भयो यस्तो खतरनाक खेल

Leaderboard Banner

काठमाडौं, २९ माघ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्ने गरि आजै सहमति भएको बताएका छन् ।

रावलले आज विहान भएको ओली–प्रचण्डवीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको संकेत गरेका हुन् ।  उनले भने,‘असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भैसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ।’

उनले अबको एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । कुन नेतालाई कुन बेला कुन जिम्मेवारी दिने भन्ने कुरा समयले निर्धारण गर्ने र दुवै पार्टी एक भएकोले आलोपालो भन्ने कुरा नहुने रावलको भनाई थियो । एकता प्रक्रियाको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गर्दै रावलले भने,‘एकताले ठोस रुप लिनेवित्तिकै कार्यदलमार्फत सबै कुरा बाहिर ल्याउँछौं, सरकार गठन र एकता सँगसँगै अघि बढाउँछौं, एक अर्काका संवेदनशिलतालाई बुझेर अघि बढ्छौं, एकताबारे अब कुनै शंका वा भ्रम पाल्नुपर्ने जरुरी छैन।’

उनले एकताबारे अहिलेसम्म विभिन्न पाँच चरणका प्रक्रिया पूरा भैसकेको सुनाए । उनले भने,‘अहिलेसम्म हामीले एकताबारे पाँच चरणमा छलफल गरिसकेका छौं, अब नेतृत्व र नीतिमा गहन ढंगले छलफल चलिरहेको छ, एकताको विभिन्न चरणहरु त पार भैसके नि।’

‘प्रदेशको राजधानी त प्रदेश सभाले तोक्ने हो, हामीले भन्ने कुरा हुँदैन्।’ रावलले सरकारले भुकम्प पीडितको लागि एक लाख थप्ने निर्णय पनि गलत ढंगले गरेको आरोप लगाए । आफूले यसबारेमा सरकारका मन्त्रीहरुलाई नै सोधेको उनको भनाई थियो ।

प्रकाशित : सोमबार, माघ २९, २०७४२०:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘एक साताभित्र पार्टी एकता हुन्छ’