अनुहारमा भएका झुसे रौँ हटाउन, अपनाउनुहोस् यस्तो घरेलु उपाय !!!

Leaderboard Banner

बिगुल स्वास्थ्य, काठमाडौँ । मानिसको जिउडाल चिटिक्क मिलेको भएपनि केही यस्ता कुराहरु छन् जुन मानिसहरुलाई हेर्दा नै केहि अपठेरो महशुस हुने गर्दछ । अब अनुहारमा आउने रौँ कै कुरा गरौँ । कुनै पार्टी तथा समाहरोहमा जाँदा अनुहारभरी रौँ देख्नु भो भने मनमनै कस्तो झुसे रैछ भन्ने सोच त पक्कै पनि आँउछ होला । ल मानिलिऊं अरुको देखेर तपाईलाई त्यस्तो सोच नआउन पनि सक्छ तर तपाईलाई हेरेर कतिपय मानिसहरु यस्तै झुसे भनेर सोच्ने गर्दछन् । शायद यो कुरा त तपाईलाई पनि महशुष भएको पनि हुनसक्छ ।

 

Depilatory-creams

जौँ को पिठोलाई कागतिको रस र महमा बराबर मात्रामा मिसाउनुहोस्, मिसाएको परिमाणलाई राम्रोसंग घोलेर पेष्ट तयार गर्नुहोस् ।

यसरी घोलेर तयार पारेको पेष्टलाई अनावस्यक रुपमा आएको झुसे रौँ भएको स्थानमा लगाउनुहोस् । त्यस्ता झुसे रौँ पलाएको स्थानको उल्टो गरेर दल्नुहोस् ।

 

imagesएकै क्षण दलेपछी तपाईको अनुहारका केही चमक आउन शुरु गर्दछ । कालानिला दागहरु तथा आँखाको तल आउने कालो धब्बा, ओठमाथि आउने रौँ सबैतिर मजाले दल्नुहोस् । केही समयमै तपाई आफ्नो अनुहार फरक पाउनुहुन्छ ।

लगभग १५ मिनेट जति मसाज गरेपछी मनतातो पानीले मुख धुनुहोस् ।

 

मुख धोएर सफा कपडाले पुछेर अनुहार सुख्खा भएपछी फेस क्रिम अथवा म्वाइस्चराइजर लगाउनुहोस् ।

Beautiful Girl

फुर्सदको समय निकालेर हप्तामा दुई देखि तिन पटक सम्म यस्तो गरेमा झुसे अनुहार लिएर हिड्नु पर्ने समस्या हुदैन्, साथै अनुहारमा चमक आउनुको साथै मानिसहरुको तारिफ सुन्न लायक हुनुहुनेछ ।

प्रकाशित : सोमबार, माघ २९, २०७४१९:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यस्ता छन् अम्बा खानुका फाइदा । कस्ता रोग ठिक पार्छ हेरौँ त एक पटक !!!