सन्दीपले दिलाए नेपाललाई लगातार पहिलो र दास्रो सफलता

Leaderboard Banner

काठमाडौँ । अहिले नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट अन्तर्गत नेपाल र केन्याबीच भैरहेको खेलमा स्पिनर सन्दीप लामिछानेले नेपाललाई लगातार एकै ओभरमा पहिलो र दास्रो सफलता दिलाएका छन्। नेपाल लगातार केन्याको ब्याटिंगको दवावमा परिरहेका बेला उनले केन्याका आक्रामक ब्याटिङ्ग गरिरहेका ब्याट्सम्यान ओबाण्डालाई ४१ र अर्का नयाँ ब्याट्सम्यान गोन्दारियालाई ४ रनमा पेबिलियन फर्काएका हुन्।

टस जितेर पहिले बोलिङ्ग गर्ने निर्णय गरेको नेपालले केन्यालाई ब्याटिंगको निम्तो दिएको थियो । अहिले ब्याटिंग गरिरहेको केन्याले ताजा स्थातिमा २० ओभरको खेल सक्किंदा दुई विकेटको क्षेतिमा ७६ रन जोडेको छ।  आज दिउँसो सवा १ बजे नामिबियाको वन्डरर्स मैदानमा सुरु भएको खेलमा केन्याले राम्रो सुरुवात गरेको छ । उसका लागि ओप्निङ्मा  ब्याट्सम्यान ओबाण्डाले आक्रामक ब्याटिंग गर्दै सन्दीपको बलमा आउट हुनु अघि साम ६६ बल खेल्दै ४१ रन बनाए।  त्य्सैगे अर्का ओप्नर करिमले ६० बलमा २४ रन बनाउदा केन्याले राम्रो ओप्निङ्ग खेल प्रदर्शन गर्न सफल भयो।

 प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार युएईलाई पराजित गरेको नेपालले आफ्नो आज केन्यासँग खेलिरहेको खेल उसका लागि निकै महत्वपूर्ण रहेको छ। यदि आजको खेलमा नेपालले जित हात पार्न सके नेपालको विश्व कप छनोट खेल्ने सम्भावना थप बलियो  भएर जानेछ । अन्यथा नेपाल खेलबाट बाहिरिनेछ। यद्यपि, उससँग रनरेटबाट छनोट हुने झिनो आशा भने रहन पनि सक्छ।

डिभिजन २ को लिग चरणका खेलबाट शीर्ष दुईमा परेमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागी हुन पाउनेछ । जिम्बाब्बेमा हुने विश्वकप छनोटमा १० टोली सहभागी हुनेछन् । १० टोलीबाट पनि शीर्ष दुईमा पर्ने टोलीसन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी हुनेछन् ।

प्रकाशित : सोमबार, माघ २९, २०७४१४:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपालले पायो १७८ रनको लक्ष्य: सन्दिप एक्लैले लिए ५ विकेट