संसारकै पहिलो पेन्टिङ गर्ने महिला सुँगुर, लाखौमा बिक्छ यसको कला!

Leaderboard Banner

एजेन्सी, पेन्टिङ त हामी सबैले गर्ने गर्छौ । कसैको राम्रो होला त कसैको नराम्रो, तर सबैले पेन्ट भने गरेका छौ । अब मानव जाती मात्र नभएर जनावर पनि पेन्टिङ गर्न थालेका छन् । नेपाली भाषामा सुँगुर भनेर चिनिने जनावर दक्षिण अफ्रीकामा पनि पाइन्छन् ।

यो एक महिला (पिग) सुँगुर हो र यसलाई “पिगकासो” नाम दिईएको छ । पेन्टिङ गर्ने शोख भएको यस सुँगुरलाई दुनियाँको पहिलो पिग आर्टिस्ट ‘पिगकासो’ नामबाट चिनिन्छ । त्यति मात्र नभएर पिगकासोले बनाएको पेन्टिङ हजारौं डलर्समा बिक्ने पनि गरेको छ । यसबाट आउने रकम लावारिस जनावरको लागी बनाईएको ‘फार्म सेन्चुरी’ को काममा खर्च गरिने गरिन्छ ।

जोएन लेफ्सनले यस महिला पिगलाई माटो कोठाबाट बचाएका थिए । उनले यसको कलात्मक प्रतिभालाई तब पहिचान गरे जब चार हफ्ताको पिगकासोले खेल्नको लागी राखिएको खेलौनाबाट मात्र पेन्टब्रशलाई उठाएको थियो । त्यस पछि जोएनले यसलाई क्यानवास र पेन्ट दिएका थिए । पिगकासोले त्यस पछि पेन्टिङ गर्न शुरु गरेको थियो । ‘फार्म सेन्चुरी’ जहाँ पिगकासो बस्ने गरेको छ, त्यहाँ उसको पेन्टिङको लागी अलग एक स्टूडियो पनि रहेको छ ।

 

प्रकाशित : सोमबार, माघ २९, २०७४१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

संसारकै पहिलो पेसेन्जर ड्रोन, हवाई यात्रा समेत गर्ने!