Connect with us

रोचक

संसारकै पहिलो पेसेन्जर ड्रोन, हवाई यात्रा समेत गर्ने!

एजेन्सी, तपाईले अहिलेसम्म डेलिभरी ड्रोन र फाइटर ड्रोनको बारेमा सुन्नु भएको होला । तर हालै सेल्फी खिच्ने ड्रोन बजारमा आईसकेको छ । अब एक यस्तो ड्रोनको निर्माण भएको छ जसले पेसेन्जरलाई हवाई यात्रा पनि गराउनेछ । एक टेक कम्पनी इहांग इंकले दुनियाँको पहिलो पेसेन्जर ड्रोन बनाएको छ । यसको नाम इहांग १८४ राखिएको छ । हवाई यात्रा गराउन सक्ने यस ड्रोनमा एक व्यक्ति मात्र चढ्न सक्छ । यो लगभग १०० किलो तौलको साथ ५०० मीटरको उचाईसम्म उड्न सक्छ । इलेक्ट्रिक पावरबाट उड्ने यो ड्रोन २ घण्टामा चार्ज हुने गर्दछ ।

यसमा कुनै सामान्य ड्रोनको जस्तो ४ प्रोपेलर्स रहेको छ तर टेस्टिंगको समयमा यसमा दुई व्यक्ति बसेका थिए जसको तौल २१० किलो ग्राम थियो । ड्रोनलाई कमाण्ड दिनको लागी यसमा एक ट्याब्लेट पनि उपलब्ध रहेको छ । व्यक्ति ड्रोनमा टच स्क्रीनको मद्दतले कहाँ जाने भनेर छान्न सक्छ । २०२० सम्म यो सबै मानिसले  प्रयोग गर्न सक्नेछन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 Bigul Media P. Ltd

error: Content is protected !!