अनुहार गोरो , आकर्षक र चम्किलोे बनाउने १२ आयुर्वेदिक उपाएहरु

Leaderboard Banner

काठमाडौँ , (एजेन्सी) , यदि तपाई गोरो , आकर्षक र चम्किलोे अनुहार बनाउन चाहनुहुन्छ भने यी १० घरेलु तथा आयुर्वेदिक उपाएहरु अपनाउनुहोस् ।


१.
यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई पिनेर मोहीमा मिसाएर  अनुहार तथा  छालामा लगाउनुहोस् । यसले  छालालाई शीतलता प्रदान दिनुको साथै कालोपना पनि हटाउँदछ ।  त्यस्तै चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू मिसाएर लेप बनाई अनुहारमा लगाउनाले छालालाई शीतलता प्रधान गर्नुका साथै अनुहारमा चमक ल्याउछ ।

नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै घामले डढेको कालो भाग हट्छ  । 

३. एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ ।

४. टमाटरलाई पिनेर दही बराबर राखेर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो घामले डढेको (सनबर्न) को लागि राम्रो टनिक हो । 

Bright-Face

५. काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

६. कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

७. एक चम्चा नौनी र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।

८.  दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।  

brightt Face९. एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ ।

१०. छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन । त्यस्तै  चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ ।

११. छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस् । चिल्लोपना नियन्त्रणमा आउँछ ।

१२. शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस् । अंगुर अम्लीय हुन्छ अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ ।

प्रकाशित : बुधबार, माघ १०, २०७४१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पेस्ताेल देखार्इ कब्जामा लिएर लुटपाट