सलमान खानसँग झगडा परेको कारण करियर नै बर्बाद भयो यी कलाकारको

बलिउड अभिनेताहरु सबैको आ-आफ्नै पहिचान रहेको छ । त्यस्तै कोहीँ अभिनेता आफ्नो राम्रो कामको कारण चर्चामा छन् । भने कोहीँ आफ्नो नराम्रो कामको कारण चर्चामा छन् ।

यदि कुरा गर्ने हो भने बलिउडको चर्चित नाम सलमान खान जो राम्रो काम साथै नराम्रो काम दुबैको कारण चर्चामा हुन्छन् । कतिपय स्थान तथा भिडियोहरुमा सलमानले विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गरेको देख्नु भएको होला ।

तर अर्कोतिर यदि बलिउडमा सालमानसँग सानो तथा ठुलो विवादमा परेको छ भने भाईजानले उसको करियर बर्बाद गर्नको लागि कुनै कसर छोड्दैनन् । आज हामी ती कलाकारको बारेमा जान्दछौँ जसको करियर सलमान खान सँग झगडा पछि डुब्यो।

विवेक ओबेराय


यस सुची पहिलो नाम विवेक ओबेरायको आउँछ । वास्तवमा विवेक र ऐश्वर्या राय बिचको प्रेम चर्चाले एक समय सामाजिक सञ्जाल निकै तताएको थियो । सलमानलाई ऐश्वर्या र विवेकको सम्बन्ध मन परेको थिएन । तेसै समयमा सलमान र विवेक बिचम फोन संवादमा केहि विवाद भएको थियो ।

यसको कारण ऐश्वर्या राय थिइन् । किनकि सलमान ऐश्वर्या विवेकको साथमा भएको मन पराउदैनथे यसै कारणले विवेकको करियरमा ब्रेक लाग्यो । त्यसपछी उनि बलिउडमा खासै सक्रिय हुन सकेकन् ।

ऐश्वर्या राय बच्चन

सलमान सँगको झगडामा ऐश्वर्या रायको नाम पनि सामेल हुन्छ। जब अभिनेत्री ऐश्वर्याले सामाजिक सञ्जालमा सलमानको विरुद्धमा आवाज उठाइन् सलमानलाई ऐश्वर्याको यो कुरा पटक्कै मन परेन। त्यसबेलादेखि सलमान ऐश्वर्यासँग फिल्मको सेटमा सँग झगडा गर्न पुग्थे। जसको कारण निर्माता र निर्देशकले ऐश्वर्यालाई फिल्म दिन बन्द गरे।

जोन अब्राहम

भनिन्छ जब सन २००६ मा जोन अब्राहम र सलमानको फिल्म ‘बाबुल’ को सेटमा झगडा भएको थियो। तब देखि यी दुईको बिचमा केहि ठिक छैन। त्यसपछि धरै मानिसकाहरुको भनाइ छ जोनलाई झगडा पछि धरै फिल्मबाट निकाल्न सलमानको हात छ ।

सुशान्त सिंह राजपूत

सुशान्त अहिले हामी बीच छैनन् । जब सुशान्तको निधन भएको थियो त्यस समय देखि सलमानले सुशान्तलाई मानसिक तनाब दिएको आरोप लाग्दै आएको छ । सुशान्तको मृत्युपछि सबैले सलमानलाई पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेका थिए । यो भनिन्छ कि सलमानको कारण सुशान्तले धेरै फिल्मबाट निकालिनु परेको थियो ।

अर्को समाचार:

दिलदार बलिउड स्टार : सडकछाप बच्चालाई घर ल्याई आफ्नै सन्तानसरह गरे प्रेम