उमेरले ५० वर्ष टेक्दा पनि बुढ्यौलीले फिटिक्कै छोएन अभिनेत्री करिश्मा मानन्धरलाई, हेर्नुस् उनका सदाबहार सुन्दरताका तस्बिरहरु

काठमाडौं : नायिका करिश्मा मानन्धरले हालसालै आफ्नो ५० औं जन्मदिन मनाएकी छिन्। १९७२ फेब्रुअरी ४ तारिखका दिन जन्मेकी उनले गोल्डेन वर्ष मनाएकी हुन्।

सदाबहार नायिकाको रूपमा दर्शकको मनमा बस्न सफल करिश्माले वि.सं. २०४२ मा फिल्म ‘सन्तान’बाट अभिनय यात्रा सुरु गरेकी हुन्। त्यसबेला उनी १४ वर्षकी मात्र थिईन्।

करिश्मालाई नेपाली फिल्म क्षेत्रमा सदाबहार नायिकाको रूपमा चिन्ने गरिन्छ । फिल्म क्षेत्रमा साढे तीन दशक बिताउँदा पनि करिश्माको लोकप्रियतामा कुनै कमी आएको छैन । उनले अभिनय गरेका कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म छन् ।

यस्तै, पछिल्लो समय व्यवसायमा समेत आवद्ध उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेको बताइएको छ ।

अर्को समाचार:

बलिउडका यी ६ कलाकार नसामा लिप्त हुँदा देखिन्छन् यस्ता, हेर्नुहोस् तस्बिर सहित