जेठ १ गतेबाट चम्किनेछ यी ३ राशिका भाग्य, ग्रहको राजा सूर्यले गर्नेछ वृष राशिमा प्रवेश

काठमाडौँ : – वैदिक ज्योतिष शास्त्रमा सूर्यदेवलाई सरकारी जागिर, आत्मविश्वास, सम्मान, प्रतिष्ठा र पिताको कारक मानिन्छ। त्यसैले जब सूर्यदेवको चालमा परिवर्तन हुन्छ, तब यी क्षेत्रहरूमा विशेष प्रभाव पर्छ। ग्रहको राजा सूर्यदेव जेठ १ गते वृष राशिमा प्रवेश गर्दैछन्, जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ।  तर ३ राशिहरु यस्ता छन्, जसको सूर्यदेवको गोचरले भाग्य चम्किन सक्छ। साथै यी व्यक्तिहरूले सम्मान र प्रतिष्ठा प्राप्त गर्न सक्छन्। जानौँ यी भाग्यशाली राशिका बारेमा…

सिंह राशि : – 

सिंह राशिका लागि सूर्यदेवको राशि परिवर्तन लाभकारी साबित हुन् सक्छ किनकी सूर्यदेवतपाई को राशिको स्वामी हो। साथै सूर्यदेव तपाईको राशिबाट कर्मभावमा गोचर गर्दैछ। त्यसैले यस समय तपाईले काम – कारोबारमा शानदार सफलता मिल्न सक्छ।

यसका साथै परिवारमा सुख-समृद्धि हुनेछ र सबै मानिसहरूबीच राम्रो मेलमिलाप हुनेछ। रोजगारीमा रहेकाहरुले यो समयमा बढुवा तथा तलबवृद्दि पाउन सक्नेछन्। बेरोजगारहरूले पनि रोजगारी पाउन सक्छन्। ब्यापार ब्यबसायमा राम्रो नाफा कमाउन सकिनेछ ।

कर्कट राशि : – 

कर्कट राशिका लागि सूर्य भगवानको राशि परिवर्तन शुभ साबित हुन सक्छ। किनकी सूर्य भगवान तपाईको गोचर कुण्डलीको आय र लाभ स्थानमा गोचर गर्न लागेका छन् । त्यसैले यस समयमा तपाईको आयमा मनग्यै वृद्धि हुन् सक्छ।

जागिरमा पदोन्नति र अन्य लाभको सम्भावना पनि छ। यसले तपाईको प्रसन्‍नता बढ्नेछ। तपाईको आम्दानीका नयाँ स्रोतहरू त्यहाँ सिर्जना हुन सक्छन्। पुरानो लगानीबाट लाभ मिल्नेछ। साथै शेयर बजार, सट्टेबाजी र चिठ्ठामा लगानी गर्न चाहनेहरूका लागि समय अनुकूल छ।

कुम्भ राशि : – 

कुम्भ राशिका लागि सूर्यदेवको गोचर आर्थिक मामिलाको हिसाबले लाभदायी साबित हुन सक्छ किनकी सूर्यदेव तपाईको गोचर कुण्डलीको चतुर्थ भावमा गोचर गर्न लागेको छ। त्यसैले यस समयमा सबै भौतिक सुखहरू प्राप्त हुनेछन्। राजनीतिमा सक्रिय रहेकाले पनि यो समयमा केही पद पाउन सक्छन्।

यस समयमा तपाईले सवारी साधन र सम्पत्ति पनि किन्न सक्नुहुन्छ। आर्थिक मामिलामा राम्रो लाभ मिल्नेछ र पैसा बचत गर्न सफल हुनुहुनेछ। तपाईको लागि भाग्यमा वृद्धि हुने सम्भावना छ। साथै, आमासँगको सम्बन्ध यस समयमा बलियो रहनेछ।

अर्को समाचार:

आज मातातीर्थ औँसीको दिन बिल्कुलै नगर्नुहोस् यी गल्ती, हुनेछ अनिष्ट