भगवान विष्णुको कृपाले ठूला-ठूला समस्या पनि हट्नेछ, भोलि बिहीबार गर्नुहोस् यी सानो उपाय !

धर्मिक मान्यत अनुसार बिहीबार भगवान विष्णुको दिन हो। यस दिन गरिने केही कामले भगवान विष्णुको आशीर्वाद प्राप्त हुन्छ। यस दिन साँचो मनले भगवान विष्णुको पूजा गर्नाले सबै पापबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। यस्तो अवस्थामा बिहीबारको पूजा, पाठ, जप र ध्यानको विशेष महत्व रहेको छ। ज्योतिष शास्त्रमा भगवान विष्णुको सहस्त्रनाम जप गर्नु उत्तम मानिएको छ। विष्णु सहस्त्रनामको उचित विधि र विधिपूर्वक जप गर्नाले श्रीहरिका भक्तहरूको सबै कष्टहरूबाट मुक्क्ति पाउने मान्यता रहेको छ।

धार्मिक ग्रन्थहरुका अनुसार बिहीबार वा कुनै विशेष तिथीमा विष्णु सहस्त्रनाम स्तोत्रको पाठ गरेमा घरमा सुख, समृद्धि र ऐश्वर्यको वृद्धि हुने गर्दछ। भगवान विष्णुको कृपा प्राप्त हुन्छ।

यदि कुण्डलीमा बृहस्पतिको स्थिति बलियो बनाउन बिहीबार भगवान विष्णुको सहस्त्रनाम पाठको विशेष महत्व बताईएको छ। यस दिन यो पाठ पढ्दा नकारात्मक प्रभाव कम हुन्छ।

विष्णु सहस्त्रनाममा भगवान विष्णुका १००० नामहरू वर्णन गरिएको छ। यस पाठ गर्नाले व्यक्तिको शारीरिक मनोकामना पूरा हुन्छ र बिग्रिएको काम हुन्छ।

सहस्त्रनामको पाठ नियमित गर्नाले भयबाट मुक्ति मिल्ने जनविश्वास छ। साथै, व्यक्तिले लक्ष्य प्राप्त गर्ने शक्ति प्राप्त गर्दछ।

यस दिन विष्णु सहस्त्रनामको पाठ गर्नाले आत्मबल बढ्छ भन्ने विश्वास छ। मन एकाग्र रहन्छ र तनाव कम हुन्छ।

यसका साथै यसको नियमित जप गर्नाले घरमा सौभाग्य र सुख प्राप्त हुन्छ। यससँगै आर्थिक अवस्था मजबुत हुन्छ।

अर्को समाचार:

फागुन २५ गतेको राशिफल: बिहीबार शुभ अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !