होली लगत्तै ग्रह चक्रमा ‘गजलक्ष्मी योग’ बन्दै, ३० वर्षपछि ३ राशिको भाग्य बदलिँदै !

हिन्दू धर्ममा ज्योतिषशास्त्रको ठूलो महत्त्व छ, जसका अनुसार सबै राशिहरूमा ग्रह र नक्षत्रहरूको ठूलो प्रभाव पर्ने गर्दछ। ज्योतिषशास्त्रका अनुसार ग्रह र नक्षत्रहरूको चालले व्यक्तिको भविष्यलाई असर गर्छ, त्यसैले जब ९ ग्रहहरू आफ्नो निश्चित समयमा एक राशिबाट अर्को राशिमा प्रवेश  हुन्छन्, तब १२ राशिमा शुभ-शुभ प्रभाव पर्दछ।

होलीको लगत्तै ग्रहको राशि परिवर्तन हुन लागेको छ, जसअन्तर्गत गुरु बृहस्पति मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्न लागेका छन्। यस पारगमनका कारण २२ अप्रिलमा एउटा ठूलो संयोग हुन लागेको छ जसमा बृहस्पति र चन्द्रमाको साथमा गजलक्ष्मी योग बन्ने देखिन्छ। यस योगको प्रभाव केही राशिका मानिसहरुका लागि निकै राम्रो रहने छ भने कतिपय ।राशिलाई अशुभ प्रभाव देखिनेछ।

मेष राशि  

मेष राशिका व्यक्तिहरूलाई ‘गजलक्ष्मी योग’ बन्दा सबैभन्दा बढी लाभ मिल्नेछ, बृहस्पतिको गोचर मेष राशिमा हुने भएकाले चन्द्रमासँगको संयोगले यो योगले मुख्यतया यस राशिका मानिसहरूलाई प्रभाव पार्नेछ। यस्तो अवस्थामा जागिरको खोजीमा रहेका व्यक्तिलाई सफलता मिल्नेछ भने पदोन्नतिको सम्भावना पनि छ। शिक्षाको क्षेत्रमा तयारी गरिरहेका विद्यार्थीले सफलता हात पार्न सक्नेछन् भने प्रेम जीवनमा पनि साथीको सहयोग रहनेछ। आम्दानीमा वृद्धि हुने पूर्ण सम्भावना छ।

मिथुन राशि  

‘गजलक्ष्मी राजयोग’ ले मिथुन राशिका मानिसहरूको आम्दानीमा वृद्धि हुनेछ भने पुराना लगानी तथा व्यापार व्यवसायबाट लाभ हुने छ। विद्यार्थीहरूको शैक्षिक जीवनमा केही बाधाहरू आए पनि सफलता हात लाग्ने छ भने अविवाहितहरूले जीवनसाथी पाउने छन्। मिथुन राशिका व्यक्तिहरूको यो योगमा मान सम्मान बढ्नेछ।

धनु राशि  

धनु राशिका व्यक्तिहरूको कुण्डलीको पाँचौँ घरमा ‘गजलक्ष्मी राजयोग’ बन्ने भएकाले आकस्मिक आर्थिक लाभ मिल्नेछ। जागिर गर्ने व्यक्तिको पदोन्नति र तलब वृद्धिको सम्भावना छ भने व्यापार गर्नेलाई अचानक ठूलो सफलता मिल्ने देखिन्छ। विदेश पढ्न जाने विद्यार्थीका लागि यो समय अनुकूल रहनेछ ।

अर्को समाचार:

फागुन २२ गतेको राशिफल: सोमबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !