माघ महिनाको पहिलो साता कुन राशिलाई कति शुभ, हेर्नुहोस् साप्ताहिक राशिफल!

हरेक दिन हुने ग्रह नक्षत्रको परिवर्तनको आधारमा राशिफल निर्धारण गरिन्छ। यस साता पनि ग्रह नक्षत्रको स्थितिको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिका व्यक्ति सावधान रहनु पर्ने हुन्छ। जान्नुहोस् यस सात  कुन राशिलाई कस्तो रहने छ दिन-

मेष राशि

यस साता परिवारमा सुख-शान्ति छाउनेछ, शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। परिवारमा महिलाबाट धन प्राप्तिको सम्भावना छ, दाजुभाइसँग मनमुटाव हुन सक्छ। यस साता बोलीमा कठोरता रहनेछ। खर्च बढ्न सक्छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ, नोकरीमा यात्रामा जानु पर्नेछ । साथीभाइको सहयोग मिल्नेछ।

वृष राशि

यस सात आमाबाट धन प्राप्ति हुने सम्भावना छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ, साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। यस सात आम्दानी बढ्नेछ। मनमा आशा-निराशाको मिश्रित भाव रहनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ, परिवारमा सम्मान बढ्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ।

मिथुन  राशि

यस सात  माताको सहयोग मिल्नेछ, जागिरमा परिवर्तनको सम्भावना छ। कार्यस्थलमा परिवर्तनको सम्भावना छ, सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ। लुगा तथा गरगहनाप्रति झुकाव रहनेछ। स्वास्थ्यमा सजग रहनुहोस्, पुरानो साथीसँग भेटघाट हुनसक्छ। परिवारमा हाँसो र खुशीको वातावरण हुनेछ। काममा मिहिनेत बढी हुनेछ ।

कर्कट राशि

परिवारमा आत्मविश्वास बढ्नेछ, धार्मिक कार्य सम्पन्न हुनेछ। सन्तान सुखमा वृद्धि हुनेछ, उच्च शिक्षा र अनुसन्धान आदिका लागि विदेश जाने सम्भावना छ। कार्यक्षेत्रमा परिवर्तनको योग रहेको छ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ, आत्मविश्वासले भरिपूर्ण रहनेछ तर अति उत्साही हुनबाट जोगिनुहोला।

सिंह राशि

अभिभावकको सहयोग प्राप्त हुनेछ। पढाइमा रुचि बढ्नेछ । शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ, सन्तानको सुखमा वृद्धि हुनेछ। आम्दानीमा कमी र खर्च बढ्ने अवस्था आउन सक्छ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। सुख निर्माण हुनेछ, काममा प्रगतिको सम्भावना छ। घरमा धार्मिक कार्य गर्न सकिनेछ, धार्मिक यात्रामा जाने सम्भावना पनि छ ।

कन्या राशि

यस सात काममा उत्साह र उमङ्ग रहनेछ। नोकरी र कार्यक्षेत्रमा विस्तार हुनसक्छ। स्थानान्तरणको सम्भावना पनि छ। मानसिक शान्ति मिल्नेछ तर पारिवारिक जिम्मेवारी बढ्नेछ। काममा कामको बोझ बढ्ने सम्भावना छ, आम्दानी पनि बढ्नेछ। स्थानान्तरण पनि सम्भव छ।

तुला राशि

मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। शैक्षिक कार्यमा सुखद नतिजा मिल्नेछ, अनुसन्धान आदिका लागि अन्य ठाउँमा जानु पर्नेछ। नोकरीमा उच्च अधिकारीको सहयोग मिल्नेछ, स्थान परिवर्तन हुनसक्छ। यस साता आम्दानी बढ्नेछ, जम्मा भएको पैसा पनि बढ्नेछ  साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक राशि

सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । शैक्षिक तथा बौद्धिक कार्यबाट कीर्ति-सम्मान बढ्नेछ। परिवारमा सुख शान्ति छाउनेछ, वाहन सुखमा वृद्धि हुनेछ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। आत्मविश्वासमा बृद्धि हुनेछ आमाको साथ र सहयोग मिल्नेछ। राजनीतिक महत्वाकांक्षा पूरा हुनेछ।

धनु राशि

परिवारमा धार्मिक कार्य हुनेछ, परिवारमा सुख शान्ति छाउनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना सृजना भइरहेको छ, इच्छाविपरीत केही नयाँ कार्यको जिम्मेवारी पाउन सकिनेछ । कार्यस्थलमा मिहिनेत बढ्नेछ, धर्मप्रति भक्ति बढ्नेछ, आत्मविश्वास बढ्नेछ।

मकर राशि

सम्पत्तिबाट आम्दानी बढ्नेछ। कला संगीत तर्फ झुकाव बढ्नेछ। यस सता कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ, स्थान परिवर्तनको पनि सम्भावना छ। कार्यक्षेत्रमा मिहिनेत बढ्नेछ, आम्दानी बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुन सक्छ। काममा प्रगतिको सम्भावना छ, कार्य क्षेत्रमा उच्च अधिकारीको सहयोग मिल्नेछ।

कुम्भ राशि

माताको साथ र सहयोग मिल्नेछ । यस सात जम्मा भएको धनमा कमी आउन सक्छ। प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्ता आदिको सुखद नतिजा प्राप्त हुनेछ। परिवारमा धार्मिक कार्यक्रम हुनेछ। सवारी साधनको आनन्द बढ्नेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। सन्तानको स्वास्थ्यमा गडबडी हुनसक्छ स्वास्थ्यप्रति सचेत रहनुहोस्।

मीन राशि

यस साता धैर्यता कम हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। काममा प्रगति हुने सम्भावना छ। आम्दानी बढ्नेछ, कपडा आदिमा खर्च बढ्न सक्छ। शैक्षिक कार्यमा बाधा आउनेछ, सन्तानको स्वास्थ्यमा समस्या आउनेछ। मानसिक शान्ति मिल्नेछ तर मनमा असन्तुष्टि पनि रहनेछ।

अर्को समाचार:

आजबाट अबको एक महिना यी राशिलाई ग्रहको राजा सूर्य देवको कृपा दृष्टि, जान्नुहोस् कुन -कुन राशि?