शनिको राशिमा शुक्रको गोचर हुँदै, यी ३ राशि हुनेछन् मालामाल !

ज्योतिष शास्त्रका अनुसार हरेक ग्रहको आ–आफ्नै महत्त्व हुन्छ। ग्रहले व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्दछ। भगवान सूर्यले व्यक्तिलाई कीर्ति र इज्जत प्रदान गरे पनि सुख र आराम दिने कारक ग्रह भने शुक्र ग्रह हो। जनवरी २२ मा शुक्र मित्र ग्रह शनिको राशि कुम्भ राशिमा प्रवेश गर्दैछ। यस गोचरका कारण सबै राशिमा असर पर्नेछ। तर १२ राशि मध्ये तीन राशिको भाग्य खुल्नेछ, जान्नुहोस् कुन-कुन हुन्?

वृष राशि 

शुक्र वृष राशिका लागि लग्न स्थान र छैटौँ घरको स्वामी हो। शुक्र गोचरका कारण वृष राशिका व्यक्तिहरुलाई जागिरमा बढुवा मिल्नेछ। महिला सहकर्मीको सहयोगले व्यापारमा लाभ मिल्नेछ । महिलाले नयाँ काम थाल्न सक्छन्। एक महिला मित्रले मद्दत गर्न सक्छ। सवारी साधन खरिद गर्ने अवसर पनि मिल्न सक्छ। शुक्रको आशीर्वादले घरमा शुभ कार्य हुनसक्छ।

तुला राशि

तुला राशिका लागि शुक्र आठौँ घरको स्वामी हो। शुक्रको गोचरका कारण व्यवसायमा राम्रो आम्दानी हुनेछ। प्रेम जीवन अद्भुत रहनेछ। परिवारका सदस्यहरूसँग रमाइलो समय बित्न सक्छन्। सिनेमा र कलासँग आबद्ध महिलाहरूका लागि यो ट्रान्जिटले धेरै फाइदा ल्याउनेछ। सञ्चार र लेखनसँग सम्बन्धित व्यक्तिहरूलाई जागिरको प्रस्ताव आउन सक्छ।

कुम्भ राशि

शुक्र ग्रह यस राशिमा लग्न घरमा गोचर हुनेछ। यस कारणले चारैतिरबाट सुख मिल्नेछ। वैवाहिक जीवनमा आएको बाधा पनि हट्छ। यदि साझेदारीमा कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, यो एक शुभ समय हो। समाजमा मान सम्मान बढ्नेछ। विवाहित जोडीहरूका लागि सन्तान योजनाको लागि उपयुक्त समय रहेको छ। यस राशिका युवतीको जीवनमा नयाँ प्रेमी आउन सक्छ।

अर्को समाचार:

आजबाट बुद्धको उदयले यी राशिको भाग्य सूर्य जस्तै चम्किँदै,जान्नुहोस् कुन-कुन राशि!