आगामी साता सबै भन्दा ठूलो राशि परिवर्तन हुँदै, हेर्नुहोस् १२ राशिको अवस्था !

जनवरी १७ मा शनिदेवले आफ्नो राशि परिवर्तन गरी कुम्भ राशिमा प्रवेश गर्नेछन्। ज्योतिषमा शनिदेवको विशेष स्थान छ। शनिदेवलाई पापी र क्रूर ग्रह भनिन्छ तर शनिदेवले मात्र अशुभ फल दिन्छन् भन्ने होइन। भगवान शनिले पनि शुभ फल दिने गर्छन्। जब शनिदेव शुभ हुन्छन्, तब व्यक्ति भाग्यशाली हुन्छ। ज्योतिष शास्त्र अनुसार शनिदेव कुम्भ राशिमा प्रवेश गर्दा कतिपय राशिले शुभ र केही राशिले अशुभ फल प्राप्त गर्नेछन्। जानौँ शनिदेवको राशि परिवर्तनले कुन राशिलाई शुभ फल मिल्नेछ र कुन राशिका व्यक्तिले सावधानी अपनाउनुपर्नेछ। मेष देखि मीन सम्मको अवस्था पढ्नुहोस्।

मेष राशि

मनमा उतारचढाव रहनेछ। मनमा नकारात्मकताको प्रभाव पर्न सक्छ। अत्यधिक क्रोधबाट बच्नुहोस्। कुराकानीमा शान्त रहनुहोस्। स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। खर्चमा वृद्धि हुने सम्भावना रहेको छ।

वृष राशि

मन खिन्न रहनेछ। आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। साताको शुरुमा परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। साथीभाइको सहयोग मिल्नेछ।

मिथुन राशि

आत्मविश्वास भरिपूर्ण रहनेछ तर मन अशान्त रहन सक्छ। व्यापार व्यवसायमा व्यस्तता बढ्न सक्छ। परिवारको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा थप मिहिनेत हुनेछ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्।

कर्कट राशि

मन विचलित हुन सक्छ। धैर्य गर्ने प्रयास गर्नुहोस्। आत्मविश्वास भरिपूर्ण रहनेछ। जागिरमा पदोन्नतिको अवसर मिल्नेछ तर स्थान परिवर्तन हुन सक्छ। साथीभाइको सहयोग मिल्नेछ।

सिंह राशि

मन प्रसन्न रहनेछ। शैक्षिक कार्यमा रुचि बढ्नेछ। आम्दानीका साधन पनि मिल्नेछ। मान सम्मान मिल्नेछ। काममा प्रगतिको बाटो खुल्नेछ। कार्यभार बढ्नेछ। जीवन अव्यवस्थित हुनेछ।

कन्या राशि

मन प्रसन्न रहनेछ। आत्मविश्वासले भरिपूर्ण रहनेछ। कला वा संगीतप्रति झुकाव बढ्नेछ। सन्तान सुखमा वृद्धि होला। परिवारमा सुख शान्ति छाउनेछ। लाभको अवसर मिल्नेछ।

तुला राशि

बोलीमा नम्रता रहनेछ। अति उत्साही हुनबाट बच्नुहोस्। आम्दानीमा ह्रास र व्ययमा वृद्धि हुने अवस्था आउन सक्छ। वैदेशिक रोजगारीमा जान सकिनेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला।

वृश्चिक राशि

आत्मविश्वासले भरिपूर्ण रहनेछ तर मन अस्थिर रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। काममा परिवर्तनको सम्भावना छ। साथीभाइको सहयोगले व्यापारमा सुधार आउनेछ।

धनु राशि

आत्मविश्वासको कमी रहनेछ। धैर्यताको कमी हुनेछ। घरमा सुख बढ्नेछ। बुवाको सहयोग मिल्नेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। साथीभाइको सहयोग मिल्नेछ।

मकर राशि

आत्मविश्वासको कमी रहनेछ। अनावश्यक खर्चबाट बच्नुहोला। पारिवारिक वातावरण सुखमय नै रहनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। प्रेम तथा वैवाहिक जीवन सुखमय रहनेछ।

कुम्भ राशि

आत्म-नियन्त्रित हुनुहोस्। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। थप दौडधुप हुनेछ।

मीन राशि

मन प्रसन्न रहनेछ। आत्मविश्वास पनि भरिपूर्ण रहनेछ। शैक्षिक कार्यमा रुचि बढ्नेछ। मान सम्मान मिल्नेछ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ। व्यापारमा वृद्धि हुनेछ। लाभको अवसर मिल्नेछ।

अर्को समाचार:

भोलि पौष २८ गते बिहीबार ५ राशिलाई दिन वरदान समान हुने, हेर्नुहोस् राशिफल !