भोलि मोक्षदा एकादशीमा बन्दैछ अत्यन्तै शुभ यो, यस मुहूर्तमा पूजा गर्नाले पुरा हुन्छ सम्पूर्ण मनोकामना !

धार्मिक मान्यता अनुसार मोक्षदा एकादशीको निकै महत्त्व रहेको छ । किनभने यस दिन व्रत बसेर भगवान विष्णुको भक्तिपूर्वक पूजा गर्नाले व्यक्तिले मोक्ष प्राप्त गर्दछ। यस वर्ष मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी डिसेम्बर ३ तारिख शनिबार परेको छ । यो दिन गीता जयन्ती पनि हो । यस दिन कुरुक्षेत्रको युद्ध भूमिमा भगवान कृष्णले पाण्डव पुत्र अर्जुनलाई गीताको ज्ञान दिनुभएको थियो ।

त्यसैले गीता जयन्तीका दिन व्रत बसेर गीता वाचन गर्नाले जन्म मृत्युको चक्रबाट मुक्ति मिल्छ । यस दिन विष्णु सहस्त्रनाम र नारायण कवच पाठ गरी भगवान विष्णुको सङ्ख, चक्र गदाधारी चतुर्भुज स्वरूपको पूजा गर्नुपर्दछ। यसबाट हजारौँ यज्ञ गर्ने फल मिल्छ।

मोक्षदा एकादशीमा रवि योग बन्दै

यस वर्ष हिन्दु पात्रो र ज्योतिषमा अत्यन्त शुभ मानिने मोक्षदा एकादशीका दिन रवि योग पनि बनेको छ । यस योगमा गरिने पूजाले विशेष फल प्राप्त गर्छ। तर मोक्षदा एकादशीमा पनि भाद्र र पञ्चकको छाया रहनेछ । भद्रकाल ३ डिसेम्बरको साँझ ५ः३३ देखि डिसेम्बर ४ गते बिहान ५ः३४ बजेसम्म हुनेछ।

मार्गशीर्ष मासको शुक्ल पक्षको एकादशी तिथि भोलि शनिबार बिहान ५:३९ बजेदेखि सुरु भएर आइतबार बिहान ५:३४ बजेसम्म रहनेछ। सूर्योदयको समय बिहान ६:४० मा छ । यस्तो अवस्थामा भाद्रकालको प्रारम्भदेखि साँझ पूजा गर्नुहोस्। त्यस्तै आइतबार पारणको दिन दिनभर सर्वार्थ सिद्धि योग रहनेछ । त्यसैले पराणको शुभ आइतबार बिहान ७:०५ बजेदेखि ९:०९ बजेसम्म हुनेछ। पारणपछि दान र दक्षिणा गर्नुहोस् । यसो गर्नाले सर्वार्थ सिद्धि योगको पूर्ण लाभ मिल्नेछ।

भगवान विष्णुको बीज मन्त्रको जप गर्नुहोस्

मोक्षदा एकादशीको दिन शुभ मुहूर्तमा भगवान विष्णुको पूजा गरेपछि एकादशीको कथा सुन्नुहोस् । विष्णु सहस्रनाम पनि पढ्नुहोस्। भगवान विष्णुको आरती गर्नुहोस् र भगवान विष्णुको बीज मन्त्र कम्तीमा १०८ पटक जप गर्नुहोस्।

अर्को समाचार:

आर्थिक सङ्कटबाट मुक्ति पाउन आज शुक्रबार अवश्य गर्नुहोस् यी उपाय, खुल्नेछ भाग्य द्वार !