माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्न लक्ष्मी पूजाको दिन राशि अनुसार किन्नुहोस् यस्ता सामान !

तिहारको समसयमा किनमेल हुनु कुनै नयाँ कुरा होइन। यो परम्परा वर्षौंदेखि चलिआएको छ । य्स समयमा खरिद गरेको सामानले मानिसको भाग्य बदल्ने जनविश्वास छ । वास्तवमा अबको केही दिनपछि तिहार सुरु हुँदैछ । यस्तो अवस्थामा हरेक घरका मानिस मानिसहरु सरसफाईदेखि लिएर धेरै काममा लागेका हुन्छन् ।

तिहारको अवसरमा घरमा नयाँ–नयाँ सामान ल्याउने भएकाले किनमेलमा पनि मानिसहरु व्यस्त छन् । तिहारको किनमेलमा लक्ष्मी देवीको विशेष सम्बन्ध रहेको मानिन्छ। यस्तो समयमा सहि बस्तु खरिद गर्दा भाग्य मात्रै बदलिदैन, मानिसमा माता लक्ष्मीको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ । जान्नुहोस् ज्योतिष शास्त्र अनुसार कुन राशिका व्यक्तिका लागि यो तिहारको समयमा कुन–कुन सामान खरिद गर्नु शुभ हुनेछ ।

मेष राशि: यो तिहारमा चाँदीका सामान किन्नु यस राशिको लागि शुभ हुनेछ । यो यस राशिको लागि लाभदायक छ।

वृष राशि: यस तिहारमा वृष राशिका व्यक्तिहरूले सुन, चाँदी वा हीराको सामान किन्नु शुभ हुनेछ ।

मिथुन राशि: तिहारको समयमा सुनका गहना किन्नु यो राशिका लागि शुभ रहनेछ। चाँदीको गणेशलाई घरमा ल्याउनु शुभ हुनेछ ।

कर्कट राशि: यस तिहारमा कर्कट राशिको श्री यंत्र खरिद गर्नु लाभदायक हुनेछ, महालक्ष्मीको कृपा प्राप्त गर्न सहयोगी हुनेछ। यसबाहेक, चाँदीको कलश वा शिव पार्वतीको चाँदीको मूर्ति पनि किन्न सक्नुहुन्छ।

सिंह राशि: यस राशिका मानिसहरुका लागि तिहारको अवसरमा सुन किन्नु राम्रो हुनेछ तर यदि यसबाट समस्या छ भने तामासँग सम्बन्धित सामान पनि किन्न सकिन्छ । तिहारमा सुनका सिक्का तथा गहना खरिद गर्दा लाभ हुनेछ।

कन्या राशि: तिहारमा हात्तीको दाँतको सामान किन्नु लाभदायक हुनेछ। यो धन प्राप्ति योग बनाउन सहयोगी साबित हुनेछ। यस बाहेक देवी दुर्गालाई चाँदीको छाता पनि चढाउन सकिन्छ ।

तुला राशि: यस दिन सौन्दर्य प्रसाधनसँग सम्बन्धित सामान खरिद गर्नु लाभदायक हुनेछ। यस बाहेक गुलाबी कपडा किन्दा सुख र समृद्धि पनि बढ्छ ।

वृश्चिक राशि: तामाको सामान किन्नु यस राशिका व्यक्तिका लागि लाभदायक हुनेछ।

धनु राशि: धनु राशिको लागि तिहारमा सवारी साधन खरिद गर्नु लाभदायी रहनेछ। यसका साथै चाँदीको खरिदले घरमा समृद्धि ल्याउनेछ ।

मकर राशि: यो राशिका मानिसका लागि सवारी साधन र चाँदी किन्नु शुभ मानिन्छ । यदि यो सम्भव छैन भने कम्तिमा स्टिल वा घर सजावटका सामानहरू किन्नुहोस्।

कुम्भ राशि: यो तिहारमा चाँदीका सामान किन्नु फाइदाजनक रहनेछ।

मीन राशि: यो दीपावलीमा तपाईले चाँदीको सिक्का वा गहना किन्न सक्नुहुन्छ। यसबाहेक दीपावलीको दिन पहेँलो लुगा लगाउनु पनि फाइदाजनक हुनेछ।

अर्को समाचार:

लक्ष्मी पूजामा अपनाउनुहोस् यी उपाय : प्रसन्न हुनेछिन् लक्ष्मी माता, वर्षाउनेछिन् धन-दौलत