लक्ष्मी पूजामा अपनाउनुहोस् यी उपाय : प्रसन्न हुनेछिन् लक्ष्मी माता, वर्षाउनेछिन् धन-दौलत

काठमाडौँ : हिन्दु धर्मावलम्बीहरूका लागि तिहार दशैँको १५ दिनपछि आउने सबैभन्दा ठूलो चाड हो। तिहार कार्त्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ।

तिहारमा लक्ष्मीको पूजापाठको विशेष महत्व रहेको छ। माता लक्ष्मीलाई प्रसन्न पार्नको लागि धनतेरसदेखि लक्ष्मी पूजासम्मको समय उत्तम मानिन्छ। यस समयावधिमा सबैजना माता लक्ष्मीसँग धनधान्यको कामना गर्छन्। तिहारमा लक्ष्मी पूजाअघि केही खास उपाय अपनाउनुभएमा माता लक्ष्मी अवश्य प्रसन्न हुनेछिन्।

तिहारमा यी उपाय अपनाई गर्नुहोस् माता लक्ष्मीलाई प्रसन्न : –

१. यमपञ्चक आरम्भ हुनुअघि नै घरका सबै फोहोरमैला, टुटेफुटेका भाँडाकुँडा, खिया लागेका चीज, खराब बिग्रिएका सामानहरु घरबाट हटाउनुहोला। तिहार अघि नै घरको राम्रोसँग सरसफाई गर्नुहोला। तपाईको घर जत्ति सफा हुन्छ त्यति नै सकारात्मक उर्जा आउनेछ। महालक्ष्मी पनि सकारात्मक ऊर्जा भएको घरमा प्रवेश गर्न रुचाउँछिन्। फोहोर र नकारात्मक ऊर्जा भएका ठाउँमा महालक्ष्मीको आगमन हुँदैन्।

२. घर सफा गरेर चिटिक्कै पारेपछि चारैतिर गङ्गाजल छर्कनुहोला। यसले तपाईको घरमा बाँकी रहेका नकारात्मक ऊर्जालाई हटाउनेछ। यति मात्र होइन, यसले तपाईको घरमा सुख शान्ति र समृद्धि छाउनेछ। यस्तो परिवेशमा माता लक्ष्मीले तपाईको घरमा कदम राख्नुका साथै लामो समयसम्म बस्नेछिन्।

३. लक्ष्मी पूजाअघि घरको मुख्यद्वारमा स्वस्तिक बनाउनुहोस्। साथै तपाईले शुभ र लाभ पनि लेख्नसक्नुहुनेछ। यसो गर्नाले देवी लक्ष्मी प्रसन्न भई घरमा छिट्टै प्रवेश गर्नेछिन्। भनिन्छ जुन घरको मुख्य प्रवेशद्वारमा स्वस्तिक चिन्ह हुन्छ, त्यहाँ वर्षभर लक्ष्मीको कृपा रहन्छ।

४. लक्ष्मी पूजा अघि घरका सबै भागमा रङ्गी-बिरङ्गी बत्ती, फूल र अन्य चीजहरुले सजाउनुपर्छ यसले तपाईको घरलाई आकर्षक बनाउनुका साथै एक सकारात्मक माहोल सिर्जना गर्छ।यस्तो सकारात्मक वातावरणमा महालक्ष्मी छिट्टै प्रवेश गर्छिन् र तपाईलाई धेरै आशिर्वाद दिनेछिन्।

५. माता लक्ष्मीलाई घरमा आमन्त्रित गर्नको लागि मुख्यद्वारमा रङ्गोली अवश्यै बनाउनुहोस्। रङ्गोलीसँगइ माता लक्ष्मीको खुट्टाको छाप पनि बनाउनुहोस्। यसबाहेक मुख्यद्वारमा दियो पनि बाल्नुहोस्।

अर्को समाचार:

लक्ष्मी पूजाको दिन वास्तु अनुसार दियो बाल्नुहोस्, माता लक्ष्मीको कृपा वर्षभर हुनेछ !