गाइ तिहारमा लाग्दैछ सूर्यग्रहण : २७ वर्षपछि बनेको यस्तो संयोगले सबै राशिमा पार्नेछन् यस्ता प्रभाव

काठमाडौँ : ज्योतिष शास्त्रमा सूर्य ग्रहणलाई धेरै महत्व दिईएको छ। सूर्यग्रहण लाग्दा त्यसको असर सबै १२ वटै राशिहरुमा पर्छ। यो वर्ष कार्तिक ८ गते मङ्गलबार सूर्यग्रहण लाग्दैछ। रोचक कुरा यो छ कि ग्रहण गाइ तिहारको दिन लाग्दैछ। यस्तो दुर्लभ संयोग २७ वर्षपछि बन्न लागेको हो। यसअघि वि.सं. २०५२ सालमा यस्तै संयोग बनेको थियो।

यो आंशिक सूर्यग्रहण हो। यसलाई वलयाकार सूर्य ग्रहण पनि भानिन्छ्ह। यसमा सूर्य र पृथ्वीबीचको दूरी बढी हुन्छ। सूर्यग्रहण हुँदा सूर्यको किरण धर्तीमा आउनुअघि नै चन्द्रमाले किरणलाई छेक्छ। जसकारण सूर्यको केही अंश मात्र देखिन्छ। सूर्यग्रहणले तपाईका राशिमा कस्तो प्रभाव पार्ला त ? हेर्नुस्…

सूर्यग्रहण कार्तिक ८ गते मङ्गलबार २ बजेर ४३ मिनेटबाट सुरु हुनेछ र साँझ ६ बजेर ४७ मिनेटमा समाप्त हुनेछ। अर्थात् सूर्यग्रहणको अवधि ४ घण्टा ३ मिनेटको हुनेछ।

यस पटक कार्तिक कृष्णपक्षको औँसी कार्तिक ७ गते सोमबार साँझ ५:०४ बजे उप्रान्त सुरु हुन्छ र कार्तिक ८ गते मङ्गलबार साँझ ४:३३ बजे समाप्त हुनेछ। सूर्यग्रहणको कारण सूतक काल पनि लाग्छ। यस सूतक कालको समय कार्तिक ७ गते राति २ बजेर ४५ मिनेटबाट कार्तिक ८ गते साँझ ४ बजेर ३५ मिनेटसम्म रहनेछ। सूतक काल सूर्यग्रहणको समय भन्दा १२ घण्टा अगाडी लाग्छ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघिदेखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध गरिन्छ। ग्रहणका बेलामा खानपिनलगायत महत्त्वपूर्ण काम निषेध गरिएको छ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् बताउँछन्। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ।

सूर्यग्रहणले सबै १२ राशिमा केही न केही प्रभाव पार्नेछ। मेष राशिका व्यक्तिले स्त्रीको कारणले दुख-कष्ट भोग्नुपर्नेछ। यद्यपि वृष राशिका जातकले आराम र सुख-शान्ति प्राप्त गर्नेछन्। अर्कोतर्फ मिथुन राशिका मानिसहरु चिन्ता र तनावमा रहनेछन्। कर्कट राशिको बारेमा कुरा गर्दा उनीहरुले दुख-कष्ट झेल्नुपर्नेछ। सिंह राशिका व्यक्तिहरूले शुभ फल प्राप्त गर्नेछन्।

कन्या राशिका लागि ठूलो हानि-नोक्सानी हुनसक्छ। तुला राशिका व्यक्तिहरुलाई शत्रुले हानि पुर्याउनेछन्। वृश्चिक राशिका लागि यो ग्रहणले ठूलो नोक्सान ल्याउनेछ। त्यस्तै धनु राशिका जातकका लागि सूर्यग्रहण लाभकारी सिद्ध हुनेछ। यसका साथै मकर राशिका मानिसहरूले धेरै सुख प्राप्त गर्नेछन्। कुम्भ राशिको मान सम्मानमा ह्रास आउनेछ। मीन राशिले धेरै कष्ट भोग्नुपर्नेछ।

अर्को समाचार:

धनतेरसमा किन्नुहोस् यस्ता धातुका भाँडाहरु, यस्ता भाँडाले घरमा भरिनेछ सुख-समृद्धि !