माता भगवतीको उपासना पर्व सुरु, पारिवारिक समस्या-आर्थिक अभाव हटाउन गर्नुहोस् यस्ता उपाय !

आज असोज १० गतेबाट नवरात्रिको पर्व सुरु भएको छ । नौ दिनसम्म चल्ने यस पर्वमा भक्तजनले माता भगवतीको पूजा आराधना गरेर मनाइन्छ ।  नवरात्रिका यी नौ दिन अत्यन्तै महत्त्वपूर्ण र ऊर्जा वान छन्। हामीले नवरात्रिका यस्ता उपयोगी दिनहरूलाई कसरी सदुपयोग गर्न सक्छौँ ? जीवनमा अनेक प्रकारका तनाव आउँछन्, सङ्कट आउँछ, मनमा अशान्ति हुन्छ, घरका सदस्यलाई स्वास्थ्य समस्याले घेरेको छ भने यी समस्यालाई पार यो समय उचित हुनेछ । जान्नुहोस् माता भगवतीको कृपा प्राप्त गर्ने उपायहरू के के हुन् ?

पारिवारिक समस्याबाट छुटकारा पाउन गर्नुहोस् यस्ता उपाय 

यदि परिवारमा समस्या छ, जसका कारण सम्पूर्ण घरको प्रगति ठप्प भएको छ भने नवरात्रिको समयमा माता दुर्गाको विभिन्न रुपको पूजा गर्नुहोस् र अष्टमी वा नवमीमा हवन गर्नुहोस्। हवन गर्दा  ‘सब नर करहिं परस्पर प्रीति चलहिं स्वधर्म निरत श्रुति नीति’ मन्त्र जप गर्दै समिधाको १०८ वटा आहुति दिनुहोस् । यदि घरमा हवन गर्नमा कुनै समस्या छ भने घर नजिकैको मन्दिरमा जानुहोस्, जहाँ हवन भइरहेको छ, त्यहाँ सम्मिलित हुनुहोस् र यो मन्त्रको जप गर्दै हवन गर्नुहोस्।

यसपछि मन्त्रको दिनहुँ २१ वा २७ पटक माता दुर्गाको मन्त्र जप गर्नुहोस्। नाम जप गरेपछि माता भगवतीसँग पारिवारिक समस्याहरू हटाउन प्रार्थना गर्नुहोस्। धार्मिक मान्यता अनुसार यस्ता उपायबाट माता दुर्गा प्रसन्न हुने छिन्  र पारिवारिक समस्याबाट मुक्त हुनुहुनेछ।

घरमा आर्थिक सङ्कट छ, धनको हानि भएको छ भने अष्टमी वा नवमीको दिन स्नान गरी ध्यान गरेर उत्तर दिशातर्फ फर्केर बस्नुहोस् । पहिले रातो रङ भएको अलिकति चामल लिनुहोस् र त्यसको एउटा थुप्रो बनाउनुहोस् र त्यसमा श्रीयन्त्र राख्नुहोस्। अब श्री यंत्रको अगाडि नौ वटा तेलको दियो बाल्नुहोस् र धन लाभको लागि माता भगवतीको प्रार्थना गर्नुहोस्। त्यसपछि पूजास्थलमा श्री यंत्र राखेर नियमित पूजा गरिरहनुहोस्। श्रीयंत्रलाई मह वा गंगाजल वा सफा पानीले स्नान गरेपछि हरेक दिन चन्दन वा अन्य कुनै सुगन्ध लगाउनुहोस्। निरन्तर पूजा गर्नाले केही समय भित्र घरबाट दरिद्रता हट्नेछ र धनको कमी नहुने मान्यता रहेको छ ।

अर्को समाचार:

नवरात्रिको समयमा भुलेर पनि नराख्नुहोस् यस्ता चिज, मिल्नेछैन दुर्गा पूजाको फल !