ग्रहचक्रमा शुक्रको ठूलो परिवर्तन : यी राशिलाई मिल्दै लाभ !

शुक्रलाई धन समृद्धि मान-सम्मान सौन्दर्यको ग्रह मानिन्छ । ज्योतिषको अनुसार जीवनमा ऐश्वर्य प्राप्तिको लागि शुक्र ग्रह मजबूत हुन जरुरी हुन्छ। शुक्रको राशी परिवर्तनबाट हरेक राशीका मानिसको आर्थिक स्थिति, स्वास्थ्य, प्रेम, पारिवारिक जीवन, भोग विलासमा निकै प्रभाव पर्छ।

शुक्रले यहि जनवरी ९का दिन राशि परिवर्तन गर्दैछ । यस दिन अपराह्न ४ बजेर ५० मिनेटमा शुक्रले कुम्भ राशिमा प्रवेश गर्नेछ। शुक्र कुम्भ राशिमा ३ फेब्रुअरीसम्म सम्म रहनेछ।

सन् २०२०को शुक्रको पहिलो राशि परिवर्तनले हरेक राशिमा फरक-फरक प्रभाव पर्नेछ। यस राशि परिवर्तनले केहिको जीवनमा सकारात्मक प्रभाव पार्नेछ भने केहिको जीवनमा नकारात्मक। राशि अनुसार कस्तो फल मिल्ला ? हेर्नुहोस्।

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

शुक्रको राशि परिवर्तनले मेष राशि हुनेहरुको व्यवसायमा सकारात्मक प्रभाव पार्नेछ। व्यवसाय विस्तार गर्न सक्षम भैनेछ भने नयाँ कार्यथालनीको लागि पनि वातावारत्न बन्नेछ। समाजमा उच्च प्रभुत्व भएका मानिसहरूसँग सम्पर्क बढ्नेछ। समय मनोरंजन केन्द्रित पनि हुन सक्ला।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus )

शुक्र राशिसँगै समय कठिन हुन सक्छ। लापरवाही गर्नाले बन्न लागेको कार्य समेत बिग्रिन सक्ने देखिन्छ। निर्णय गर्दा पनि संयमता अपनाउनु पर्ला। आलस्यता बढ्न सक्छ। बोलि तथा व्यवहारमा नियन्त्रण नहुँदा सम्बन्धहरु बिग्रिन सक्लान्।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

मिथुन राशि हुनेहरुको लागि शुक्रको राशि परिवर्तन सुखद सावित हुनेछ। धेरै समय देखि अड्किएका कार्य सफल हुनेछन् भने धेरै समय देखि सताइरहेका मुद्दा-मामिलाको टुंगो लाग्नेछ। आर्थिक रुपमा पनि समय सुखद रहने देखिन्छ। सफल यात्रा हुन सक्ला।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)

अर्थहिन यात्राले आर्थिक समस्या निम्त्याउन सक्ला। साना-तिना कार्यमा अल्मिलिनाले ठूला कार्य फुत्किन सक्लान्। परिवारमा समेत कलह बढ्ने हुँदा आफैं संयमित हुन पर्ला। सरकारी क्षेत्रबाट हस्तक्षेप बढ्न सक्ने हुँदा संयमित रहनु उचित हुन सक्छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

शुक्रको राशि परिवर्तनले जीवनमा अनेक प्रकारका परिवर्तन ल्याउन सक्छ। प्रेम साथै दाम्पत्य जीवन सुखद रहनेछ। धार्मिक यात्राले शान्ति दिलाउने देखिन्छ। धेरै समय देखि भेट नभएका व्यक्तित्वसँगको भेटघाटले उर्जा थपिनेछ। व्यक्तिगत प्रयास सामाजिक रुपमा ठूलो परिवर्तन ल्याउन सफाल भैनेछ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

शुक्रको राशि परिवर्तनले कन्या राशि हुनेहरुको भाग्य तुलनात्मक रुपमा कम्जोर बनाउन सक्छ। लगानी गर्नको लागि समय उचित नहुन सक्छ। भावी योजनाहरु तत्कालको लागि थाँती राख्दा फाइदा हुन सक्छ। शिक्षाको क्षेत्रमा भने सोचेको जस्तै सफलता मिल्ने देखिन्छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

परिवारमा हर्सोलास छाउनेछ। घर बाहिर रहनुभएका पारिवारिक सदस्य तथा आफन्तजनबाट शुभ सन्देश सहित उपहार मिल्न सक्ला। जागिरेहरुकोलाई पदोन्नती मिल्न सक्छ। कला तथा खेलकुद क्षेत्रमा पनि सहज सफलता मिल्ने देखिन्छ। स्वास्थ्य पनि राम्रै रहन सक्ला।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

शुक्रको राशि परिवर्तन वृश्चिक राशि हुनेहरुको लागि शुभ रहने देखिन्छ। नयाँ सम्बन्ध स्थापित गर्नको लागि समय शुभ देखिन्छ। पारिवारिक रुपमा धेरै सहयोग प्राप्त हुन सक्ला। डुबेको धन फिर्ता मिल्न सक्ने देखिन्छ। सामाजिक दायित्व बढ्दा सम्मानको पात्र भैनेछ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

शुक्रको राशि परिवर्तन धनु राशि हुनेहरुको लागि मिश्रित फलदायी हुने देखिन्छ। आर्थिक रुपमा समय सुखद नै रहेता पनि स्वास्थ्यको हिसाबले भने अनेक प्रकारका समस्या थपिन सक्लान्। शत्रु समेत बढ्न सक्ने हुँदा व्यवहारमा नियन्त्रण राख्नु होला। छोटो यात्रा भने सफल हुनेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

व्यवहार तथा बोलिको कारण सबैको प्रिय भैनेछ। बोलिकै कारण कार्यहरु सफल हुनेछन्। मित्रजनबाट उचित हौसला मिल्द नयाँ कार्यको थालनी गर्न सकिनेछ। घरमा कुनै शुभ कार्यको पनि आयोजना हुन सक्ला। स्वास्थ्यमा भने साना-तिना समस्या देखा पर्न सक्लान्।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

जीवनमा शुक्रको राशि परिवर्तनले सकारात्मक परिवर्तनहरू ल्याउनेछ। मानसिक रुपमा तनाव घट्नेछ। घरमा जम-घटको माहोल बन्न सक्छ। व्यवसायमा कुनै पनि परिवर्तन गर्दा परिवारमा सल्लाह गर्दा उल्लेख्य लाभ मिल्न सक्छ। वैदेशिक यात्राको सम्भावना पनि देखिन्छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

शुक्रको राशि परिवर्तनसँगै अचानक खर्चमा वृद्धि हुनेछ। खर्चमा नियन्त्रण राख्न नसक्दा ठूलै आर्थिक सङ्कटले सताउन सक्ला। सकेसम्म यात्रा नगर्दै उचित हुने देखिन्छ। अचल सम्पति समेत खर्च हुन सक्ला। पैत्रिक सम्पतिलाई लिएर तनाव बढ्न सक्नेछ।

अर्को समाचार:

पुष २५ गते सन् २०२० कै सबैभन्दा पहिलो ग्रहण लाग्दै, यस राशिले दिनुहोस विशेष ध्यान!