पुष २५ गते सन् २०२० कै सबैभन्दा पहिलो ग्रहण लाग्दै, यस राशिले दिनुहोस विशेष ध्यान!

सन् २०२० मा कुल ६ ग्रहण लाग्नेछ, जसमा ४ चन्द्रग्रहण र २ सूर्यग्रहण हुनेछन् । सन् २०२० को सबैभन्दा पहिलो ग्रहण आउँदो १० जनवरी अर्थात् पौष २५ गते (श्रीस्वस्थानी व्रत प्रारम्भ) देखि लाग्छ। १० जनवरीमा लाग्ने चन्द्रग्रहण राति १० बजेर ५० मिनेटबाट सुरु हुनेछ भने राति २ बजेर ५७ मिनेटमा समाप्त हुनेछ । चन्द्र गर्न लगभग ४ घण्टाभन्दा बढी लाग्नेछ। यो चन्द्रग्रहण नेपालबाट पनि देखिन्छ।

नेपाल बाहेक यो ग्रहण भारत, युरोप, एसिया, अफ्रिका र अस्ट्रेलिया महाद्वीपमा पनि देखिनेछ। ग्रहणको सूतक १२ घण्टा अघि देखि लाग्छ। यस हिसाबले १० जनवरीको बिहान करिब  १० बजेदेखि नै सूतक लाग्नेछ । सूतक लागेसँगै देशभरका मन्दिरकाद्वार बन्द हुनेछन् ।

यस वर्षको बाँकी चन्द्रग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा लाग्नेछ। यस पटक चन्द्रग्रहणको समयमा चन्द्रमा मिथुन राशिमा हुनेछ। ज्योतिष अनुसार जुन राशिमाथि ग्रहण लाग्छ, त्यस राशिको मानिसमाथि सबैभन्दा बढी प्रभाव पर्दछ। त्यसैले यस चन्द्रग्रहणमा मिथुन राशिका मानिसहरुले विशेष ध्यान दिन आवश्यक छ । अन्य राशीहरुको लागि भने चन्द्रग्रहणको प्रभाव कम पर्नेछ। यधपी आफ्नो कार्यमा ध्यान भने दिनुहोस।

अर्को समाचार:

आगामी ४ महिना ४ राशिको खुल्नेछ भाग्य, सुख-समृद्धिले भरिपूर्ण १४० दिन बिताउनेछन् यी राशिले