आज यस समय भित्र लक्ष्मीपूजा गर्नु निकै फलदायी हुनेछ …

एजेन्सी : नेपालीहरुको दोस्रो महान चाड तिहारमा गरिने लक्ष्मीपूजाको विशेष महत्व रहने गर्छ। यमपन्चकको तेस्रो दिन अर्थात् यसवर्ष कार्तिक १० गते परेको लक्ष्मीपूजाको दिन विहान सवेरै उठ्ने र चोखो कपडा लगाएर दिनभर वर्त बसी साँझको समयमा महालक्ष्मीको पूजा गर्नाले जीवनभर सुख ,शान्ति र अधिक धनलाभ हुने मान्यता रहेको छ। लक्ष्मीपूजाको दिनलाई दिपावली पनि भन्ने गरिन्छ।

माता लक्ष्मीलाई धनको प्रतिक मानिने भएकाले पनि यस दिन लक्ष्मीलाई प्रसन्न गराउने खालका विभिन्न पुजापाठ गर्ने गरिन्छ। सफा र उज्ज्यालो घरमा मात्र लक्ष्मीले वास गर्छिन भन्ने विश्वासको कारण घर भित्र वा बाहिर पूर्ण रुपमा सफा गर्ने गरिन्छ। त्यसकारण यस दिन गाउँ तथा सहरका सम्पूर्ण घरहरुमा झिलिमिली बत्ति र दियो बलि लक्ष्मीको बाटो उज्ज्यालो बनाई र घरलाई सुन्दर राख्ने गरिन्छ। महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ ।

दिपावलीको दिन लक्ष्मीको पूजा गर्नु अगाडी उनको खुट्टाको पाइला बनाई घर वा कार्यालयको विभिन्न ठाउँमा पुर्याउने गर्नुपर्छ। आफूले बनाएको पाइला हुँदै लक्ष्मी घर भित्र पस्ने विश्वास रहीआएको छ। आज हामी तपाईहरुलाई मुख्यतया यसवर्ष लक्ष्मीको पूजा गर्ने उत्तम समयको बारेमा बताउन जाँदै छौँ।

दिपावलीमा लक्ष्मीको पूजा गर्ने वा दियो बाल्ने कार्यका लागि साँझ ६ देखि ८ बजे भित्रको समय उत्तम मानिने गर्छ।  यस अवधिभित्र हुने २ घण्टा भित्र लक्ष्मीको पूजा सम्पन्न गर्नु निक्कै उत्तम मानिएको छ। यो साँझ आफ्नो समय अनुकुल परेर जतिबेला पनि महालक्ष्मीको पूजा गर्न सकिने भएपनि यो समय निकै शुभ हुनेछ।

दिपावलीको दिन महालक्ष्मीको मात्र नभई धन्वन्तरी देवता कुबेर र भगवान गणेशको पूजा समेत महत्वका साथ गर्नुपर्ने हुन्छ। कुबेरलाई धनको देवता मानिने भएकाले विधिवत रुपमा लक्ष्मीको पूजा गर्दा समेत उनी प्रसन्न हुने मान्यता रहेको छ।

अर्को समाचार:

यमपन्चकको शनिबार भोलि , यी महवपूर्ण कार्य गरे खुल्छन् आम्दामीका बाटाहरु …