मासिक राशिफल : असोज महिना १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

वि . सं.  २०८१ सालको असोज महिनाको राशिफल :

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

सफलताको महिना छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जानेछ। प्रतिस्पर्धामा सफलता राम्रो मिल्ने छ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । सामान्य विवादको योग रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ला । पारिवारिक रमाइलो वातावरणको माहोल बन्ने छ । धार्मिक कार्यमा अभिरुचि लाग्नुका साथै सामाजिक काममा समेत अभिरुचि लाग्ने छ । रमाइलो ठाउँको यात्रा तथा मनोरञ्जनका अवसर प्रशस्त मिल्ने छन् । आर्थिक कारोबारमा सफलता एवं मनोरञ्जनका अवसर प्रशस्त मिल्ने छन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

मध्यम फलदायी महिना छ । पारिवारिक चिन्ताले केही बढी नै सताउने देखिन्छ । कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउला । शारीरिक आरोग्यता अनुकूल रहने छ । किनमेल तथा घरायसी खर्चको मात्रा बढेर जाने छ । पठनपाठनमा मन्द प्रगतिको योग छ । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ भने रमाइलो ठाउँको यात्राको सम्भावना छ । आकस्मिक यात्रा, धनागम एवं विविध वस्त्रादि उपहारको लाभका साथै मनोरञ्जनका अवसर समेत प्रशस्त मिल्ने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो बनाउने छ । अनावश्यक दौडधूप केही बढी नै गर्नुपर्नाले शारीरिक परिश्रमका साथै मानसिक चिन्ता बढेर जाला । गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्ने योग छ । सामान्य चोटपटकको समेत सम्भावना रहेकाले वाहन चलाउँदा केही सावधानी अपनाउनुपर्ने देखिन्छ । इष्टमित्र एवं आफन्तजनको सहयोगले काम बन्न सक्छ । सामाजिक कार्यक्रममा सहभागिता जनाउनुपर्ला । महिनाको उत्तरार्धमा धनागम, मानसम्मान, विविध उपहार मिल्नुका साथै मनोरञ्जनका अवसर समेत मिल्ने देखिन्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य प्रगति गराउने छ । आर्थिक कारोबारमा महत्वपूर्ण सफलता हात पर्ने छ । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा ख्याल पु¥याउनुपर्ला । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । नयाँ कामको थालनी गर्नका लागि महिना उपयुक्त छैन । बोलीसम्बन्धी सामान्य दोष समेत लाग्न सक्ने योग छ । पारिवारिक स्वास्थ्यका साथै घरायसी खर्चको मात्रा समेत बढेर जाने छ । महिनाको पूर्वार्धमा आएका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

अनावश्यक खर्चको मात्रा बढेर जाने छ । सामान्य विवादमा पार्ने योग रहेकाले बोलीचालीमा सावधानी अपनाउनुपर्ने छ । सामान्य हानिनोक्सानीको योग रहेकाले ठूला लगानी तथा लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । पठनपाठनका साथै धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

अनावश्यक दौडधूप एवं व्यस्तता बढेर जाने छ । आँटेको काममा अनायासै नसोचेका झमेला एवं बाधाअड्चनको सामना गर्नुपर्ने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको प्रबल सम्भावना छ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या देखापर्ने छ । मानसिक अस्थिरता र दुविधा बढेर जाने छन् । ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला । पठनपाठनमा सामान्य बाधाअड्चन आइपर्ने छन् । महिनाको पूर्वार्धमा मनोरञ्जनका साथै यात्राको योग छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

मनोबल उच्च रहनुका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा नै पर्न जाने छ । सामान्य अस्वस्थता समेत आउन सक्ने देखिन्छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ । रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर प्रशस्त मिल्ने योग छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

चौतर्फी सफलताको महिना छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाने छ । मनोबल बढेर जानुका साथै कार्यक्षमतामा बढोत्तरी गराउला । धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ । ठूला व्यक्तिको सङ्गतले राम्रै लाभ गराउने छ । आर्थिक पक्षका कारोबारबाट राम्रै आम्दानी गराउने छ । मानसम्मान बढ्नुका साथै पद प्रतिष्ठा बढ्ने सम्भावना छ । युवावर्गका लागि रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसरमिल्ने छन् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

सोचेका योजनामा क्रमशः सफलता मिल्नुका साथै रोकिएका काम बन्दै जाने छन् । प्रतिस्पर्धामा सफलताको योग छ । नयाँ काम मिल्नुका साथै गरेको काममा प्रगति हुने देखिन्छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता मिल्ने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढ्ने छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ गराउला । रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी गराउला । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पु¥याउनुपर्ने छ । गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्नुका साथै ढिलासुस्तीको सम्भावना देखिन्छ । दम्पतीमा घरायसी विषयलाई लिएर सामान्य असमझदारी आउने योग छ । महिनाको उत्तरार्धमा नयाँ ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन् । इष्टमित्रसँगको रमाइलो भेटघाटका साथै आकस्मिक यात्राको सम्भावना छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्ने छ । ठूलो लगानी एवं नयाँ कारोबार नगर्दा नै राम्रो हुनेछ । घर परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको सम्भावना छ । घरायसी खर्चको मात्रा बढेर जानेछ । सन्तानको विषयलाई लिएर दम्पतीमा सामान्य असमझदारी आइपर्ने छ । अध्ययन अध्यापनमा अभिरुचि बढेर जाने छ । धार्मिक एवं सामाजिक काममा समेत सहभागी हुनुपर्ने छ । महिनाको उत्तरार्धमा आर्थिक लाभका साथै रमाइलो ठाउँको यात्राको सम्भावना छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मध्यम फलदायी महिना छ । आम्दानीका अवसर मिल्ने छन् । कार्यव्यस्तता केही बढेर जाने देखिन्छ । सामान्य अस्वस्थताको सम्भावना छ । आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ । दम्पतीमा सामान्य विषयलाई लिएर अनावश्यक विवाद निस्कने देखिन्छ । कार्यव्यस्तताले गर्दा पठनपाठनमा विघ्नबाधा आइपर्ने छन् । सामाजिक एवं धार्मिक काममा अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

अर्को समाचार:

असोज १० गतेको राशिफल : बिहिबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?