यमपन्चकको शनिबार भोलि , यी महवपूर्ण कार्य गरे खुल्छन् आम्दामीका बाटाहरु …

हरेक व्यक्तिले शनिवारको दिन विभिन्न समस्याहरुको सामना गर्नुपर्दा शनिदेवलाई सम्झिने गर्छन। उनीहरु यी समस्याबाट छुटकारा पाउनका निम्ति शनिवारको दिन विधिवत रुपमा शनिदेवको पूजा आराधना गर्ने गर्छन।

शनिदेवलाई एक न्यायप्रेमी भगवानको रुपमा समेत मान्ने गरिन्छ। यो भन्ने गरिन्छ कि शनिदेवले कुनै पनि व्यक्तिको कर्म अनुसारको फल दिने गर्नुभएको छ। त्यसैले कुनै पनि व्यक्तिले खराब काम गरेको खण्डमा ठूलो नोक्सान बेहोर्न पर्ने र जीवनमा सफलता हँसिल गर्न नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

आज हामी तपाईहरुलाई शनिबारको दिन गर्नुपर्ने केही कार्यहरु बताउन जाँदै छौँ जसबाट शनिदेव प्रसन्न हुने र उहाँको कृपाले हरेक समस्याहरुको समाधान भई आर्थिक संकटबाट समेत मुक्ति पाउन सकिनेछ।

१. शनिबारको दिन विहानै उठेर पूर्ण शारिर नुहाई एउटा कचौरामा तोरीको तेल राखी आफ्नो अनुहार देखाउनुहोस् र त्यो तेल एक गरिब व्यक्तिलाई दान गर्नुभएमा शनिदेव प्रसन्न हुने हुँदा तपाईको भाग्य चम्किने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

२. शनिबार उठेर पूर्ण शरिर नुहाई पिपलको फेदमा जल अर्पण गरि पिपलको बोट वरिपरि सात पटक परिक्रमा गरि धुपबत्ति बाल्नुहोस। यसोगर्दा तपाईले जीवनमा ठूलो लाभ प्राप्त गर्नसक्नुहुनेछ।

३. यसैगरी शनिबारको दिन विहान चोखो भएर एउटा तामाको भाँडोमा पनि राखी त्यसमा तिल थपेर शिवलिङ्गमा अर्पण गरेमा शिवजीको कृपा मिल्ने हुँदा तपाईका हरेक समस्याहरु समाधान हुनुको साथै धन आर्जन गर्ने बाटोहरु खुल्दै जानेछ।

४. शनिवारको दिन आफ्नो घरवरिपरि आएको कालो रंगका जनवारहरुलाई तोरीको तेलमा बनाइएको रोटि खुवाएर पनि शनिदेवको प्रकोप बाट बच्न सकिन्छ। यसो गर्दा शनि महाराज प्रसन्न हुने र हरेक दुख कष्टहरु नास भएर जाने गर्छ।

अर्को समाचार:

यमपञ्चकको तेस्रो दिन आज, माता लक्ष्मीको पूजा गर्दा यी ४ कुराहरुमा विशेष ध्यान दिनुहोस् !