नवरात्रिभर आफ्नो राशि अनुसार यी फुल चढाएर पुरा गर्नुहोस मनले चाहेको इच्छा!

सबै राशीको लागि फरक-फरक रङको  फुल शुभ हुन्छ। नवरात्रीभर दुर्गाको पूजा आफ्नो ग्रह एवम राशी अनुसारको फुलले गर्दा तपाई आफ्नो इच्छा  पूर्ण गर्न सक्नुहुन्छ। दुर्गाको आराधनामा सबै राशिको लागि कमल , गुलाब लगायत अन्य  प्रजातिको सबै फुल  शुभ मानिएको छ। यी फुलद्वारा पुजा गर्नाले दुर्गा प्रसन्न हुनेछिन्।

मेष राशि – मेष राशिको  स्वामी मंगल हो। उनीहरुले रातो रंगको फुल दुर्गालाई चढाउदा राम्रो हुन्छ।  गुलाब र रातो कमल अथवा कुनै पनि रातो रङको फूलले पुजा गरेर भगवतीलाई  प्रसन्न गरि  मंगल जनित दोषको कुप्रभावबाट बच्न सकिन्छ।

वृष राशि- वृष राशी हुनेको स्वामी शुक्र हो। दुर्गा मातालाई  सेतो कमल, गुडहल, सेतो  कनेर, सदाबहार, बेला, हरसिंगार अथवा जति पनि सेतो फुल छ त्यसले आराधना गर्यो भने प्रसन्न हुनेछिन्।

मिथुन राशि- मिथुन राशिको  स्वामी बुध हो।  बुधलाई माता दुर्गाको असिमित स्नेह प्राप्त छ।  माताको पुजा पहेलो कनेर, गुडहल, द्रोणपुष्पी, सयपत्री चढाएर  चाहेको  कार्य सिद्ध पनि गर्न सक्छौ र बुधको  कृपा पनि प्राप्त हुनेछ।

कर्क राशि- कर्क राशिको  स्वामी चंद्र हो। सेतो कमल,  सेतो कनेर, सयपत्री , गुडहल, सदाबहार, चमेली रातरानी र अन्य जति पनि सेतो र गुलाबी फुल छ त्यसले माताको आराधना गरी चन्द्र जनित दोषबाट  मुक्त पाउन सक्छौ।

सिंह राशि- सिंह राशिको  स्वामी सूर्य हो। जुन सबै राशि, ग्रह र नक्षत्रको पनि स्वामी हो ।  त्यसैले कुनै पनि फुल कमल, गुलाब, कनेर, गुडहलले माताको  पूजा गरेर कृपा पाउन सक्छौ।  गुडहलको फुल  सूर्य र माता दुर्गाको  अति प्रिय हो ।

कन्या राशि- कन्या राशिको  स्वामी पनि  बुध हो। गुडहल, गुलाब, सयपत्री , हरसिंगार एवम कुनै पनि सुगन्धित फूलले माता दुर्गाको आराधना गरे आफ्नो ईच्छा पुरा हुन्छ र बुधको साथ-साथ अन्य ग्रहको  अनुकूलता  पनि पाउन सक्छौ।

तुला राशि- तुला राशिको   स्वामी पनि शुक्र हो।  त्यसैले सेतो कमल , कनेर, सयपत्री , गुडहल, जूही, हरसिंगार, सदाबहार, केवडा , बेला चमेली आदि फुलले माता भगवतीको आराधना गरेर उनको अनुकूलता र शुक्रको कृपा प्राप्त गर्न सक्छौ।

वृश्चिक राशि- यो राशिको  स्वामी मंगल हो।  कुनै पनि प्रजातिको रातो फुल एवम  गुलाबी फुलले पूजा गरेर माता  दुर्गाको  कृपा प्राप्त गर्न सक्छौ। रातो कमलले  पूजा गर्यौ भने घर परिवारमा समृद्धिको साथ साथै मंगलको  कृपा पनि  प्राप्त हुनेछ।

धनु राशि- यस राशिको  स्वामी वृहस्पति हो । कमल पुष्प, कनेर, गुडहल, गुलाब, सयपत्री , केवडा र कनेर जस्ता सबै प्रजातिको फुलले माताको पूजा-अर्चना गरेर माताको आशीर्वाद एवम  बृहस्पतिको पनि अधिक शुभता प्राप्त पाउन सक्छौ।

मकर राशि- यस राशिको स्वामी शनि हो। त्यसैले कुनै पनि निलो फुल ,कमल ,सयपत्री ,  गुलाब, गुडहल आदिले माता शक्तिको पूजा-आराधना गरेर माताको  कृपादृष्टि एवम  शनिको  दुष्प्रभावबाट बच्दै  ईष्ट सफल  हुनेछ।

कुंभ राशि- यस राशिको स्वामी पनि  शनिदेव  हो। त्यसैले निलो फुल, सयपत्री , सबै प्रकारको कमल,  गुडहल,  चमेली, रातरानी आदिले  भगवतीको  आराधना गरेर उनको  कृपा र शनिग्रहको  दोषबाट  मुक्त हुदै ईच्छा पुरा गर्न सकिन्छ।

मीन राशी – मीन राशिको स्वामी वृहस्पति हो।  त्यसैले पहेलो  कनेरको सबै प्रजातिको फुल ,सबै प्रकारको कमल , सयपत्री , गुलाब , गुडहलको सबै प्रजातिले पुजा गरेर माताको कृपा प्राप्त गर्दै वृहस्पति जन्य दोषबाट मुक्त पाउन सक्छौ।

अर्को समाचार:

शनिवार फूलपाती : नवदुर्गा भवानीलाई प्रसन्न पार्न यसरी गर्नुहोस् पूजाआजा …