शनिवार फूलपाती : नवदुर्गा भवानीलाई प्रसन्न पार्न यसरी गर्नुहोस् पूजाआजा …

हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशमीका दिन टीका-प्रसाद ग्रहण गरि विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गर्छन् ।

बडा दशैंलाई हिन्दू धर्मवलम्बीहरूले महान चाडको रुपमा मान्ने गर्छन। यस वर्ष असोज २१ गते परेको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

नवरात्रीको सातौ दिन देशभरिका शक्तिपिठमा र दशैंघरमा फूलपाती भित्र्याउने गरिन्छ । यसपाली असोज १८ गते परेको यस दिन फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र दुर्गालाई आहृवान गरेर पूजा गर्नुपर्छ।

विजया दशमीको दिन भने बिहान ८ बजेर ४५ मिनेटमा देवी विर्सजन गरेर टीका ग्रहण गर्न सकिने भएपनि उत्तम साइत भने १० बजेर ३५ मिनेटमा रहेको छ । यस्तै असोज २६ गते आइतबार दशैंको अन्तिम वा क्रोजागत पूर्णिमाको दिन भने जतिबेला पनि जमरा सेलाउन सकिनेछ।

अर्को समाचार:

भोलि महानवमी, एक वर्ष पछि तलेजु भवानी खुल्ने