जुत्ता लगाउँदा नगर्नुस् यी गल्ति ! जानाजान गरेको गल्तिले बनाउन सक्छ कंगाल !

ज्योतिषशास्त्र र वास्तुशास्त्रले भविष्यसँग जोडिएका विभिन्न तथ्यहरु बताउने गर्छ। दैनिक रुपमा हामीले प्रयोग गर्ने जुत्ता लगाउँदा विशेष ध्यान दिनु पर्ने ज्योतिषशास्त्रको भनाइ रहेको छ। जुत्ता लगाउँदा गरिएको सानो गल्तीले पनि जीवनमा नकारात्मक असर पार्न सक्छ।

हिन्दु धर्म अनुसार मन्दिर भित्र प्रवेश गर्दा कहिले पनि जित्ता लगाउन हुँदैन। यस्तै कुनै पनि मन्दिर र धार्मिक स्थलबाट फर्किंदा अन्य व्यक्तिको जुत्ता चप्पल लगाएर आउन हुँदैन। यसो गर्दा आर्थिक सङ्कटले सताउने गर्छ। साथै दरिद्रता र विभिन्न समस्याले पनि सताउन सक्छ।

फाटेको जुत्ताको विषयमा वास्तुशास्त्रले छुट्टै मान्यता राख्ने गर्छ। फाटेको जुत्ता र मोजा लगाएर कुनै पनि नयाँ कार्यको थालनी गर्न हुँदैन। यसो गर्नाले नयाँ कार्य कहिले पनि सफल नहुने मान्यता रहेको छ। यस्तै नयाँ जागिरको अन्तर्वार्ताको लागि जाँदा फाटेको जुत्ता र मोजा लगाएमा जागिर नमिल्ने वास्तुशास्त्रको भनाइ रहेको छ।

जुत्तासंग सिधै शनि ग्रहको सम्बन्ध रहने गर्छ। जसको कारण कसैलाई पनि जुत्ता उपहार दिन नहुने ज्योतिषशास्त्रको भनाइ रहेको छ। साथै जुत्ता उपहारको रुपमा लिनाले दुख र कष्ट बढाउने गर्छ।

अर्को समाचार:

यो तिहारभर यस एक राशिको चम्कनेछ भाग्य ! मिल्नेछ सोचे भन्दा फरक परिणाम