यो तिहारभर यस एक राशिको चम्कनेछ भाग्य ! मिल्नेछ सोचे भन्दा फरक परिणाम

यहि महिनाको १९ गते त्रयोदशी देखि यमपञ्चक आरम्भ हुँदैछ। यसैदिन धन्वन्तरी जयन्ती पर्ने गर्छ भने नेपाली परम्परा अनुसार काग तिहार पनि भन्ने गरिन्छ। यसै दिन देखि नेपाली हिन्दुहरुको महान चाड तिहार शुरु हुने गर्छ। तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको आराधना हुने गर्छ भने अन्तिम दिनमा आफ्नो दाजु-भाइको दिर्घायु र सफलताको लागि दिदी-बहिनीले दाजु-भाइलाई टिका लगाइदिने चलन पनि रहेको छ।

हरेक राशिलाई ग्रह स्थिति र नक्षत्र स्थितिले धेरैनै असर गर्ने हुन्छ। यस वर्षको तिहारमा पनि ग्रह स्थिति र नक्षत्र स्थितिको कारण कुम्भ राशि हुनेहरुलाई सबै भन्दा धेरै लाभ मिल्ने ज्योतिषशास्त्री बताउने गर्छन्।

कुम्भ राशि हुनेहरुलाई लक्ष्मी पूजाको दिन देखि धेरै लाभ मिल्न सक्छ। आर्थिक रुपमा भएका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ भने आर्थिक रुपमा सवल हुने समय आउन सक्ला । नयाँ आर्थिक कार्यको लागि वातावरण बन्न सक्नेछ।

यस्तै स्वास्थ्यमा रहेका समस्या देखि पनि छुटकारा मिल्नेछ। साथै मानसिक रुप देखिनै कान्ति बढेको महसुस हुनाले कुनै पनि कार्य फत्ते गर्ने मामलामा डर हुनेछैन।

स्वस्थ्य्य र आर्थिक रुपमा मात्र नभई सामाजिक जीवनमा पनि सफलता कुम्भ राशि हुनेहरुलाई मिल्नेछ। सामाजिक रुपमा दायित्व बढ्नाले समाजमा आफ्नो प्रभुत्व कायम गर्ने मौका मिल्नेछ। समाजमा प्रतिष्ठा पनि बढ्न सक्ला।

वैदेशिक यात्राको योजनामा हुनेहरुलाई पनि तिहारको समयमा वातवरण बन्ने देखिन्छ। प्रेम जीवन पनि आफूले चाहको जस्तो हुनेछ। पारिवारिक सहयोग बढेर जाने हुँदा कुनै पनि कार्य गर्ने जाँगर र उर्जा बढ्न सक्ला।

अर्को समाचार:

बुध र बृहस्पति एकै राशिमा हुँदा बन्यो शुभ संयोग ! अबको समय यी राशिलाई शुभ !