श्रद्धाञ्जलि व्यक्त गर्दै संसदमा शोक प्रस्ताव पारित

काठमाडौँ, २३ वैशाख, प्रतिनिधिसभा बैठकले पूर्वसांसद जागृतप्रसाद भेटवालको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आजको दोस्रो बैठकले पूर्वसांसद भेटवालको निधनप्रति शोक प्रकट गर्दै उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दैै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पूर्वसांसद भेटवाल विसं २०५१ सालमा नेकपा (एमाले) को तर्फबाट चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुहुन्थ्यो ।

एमालेका केन्द्रीय लेखा आयोगको सदस्यसमेत रहनुभएका उहाँ लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताको पक्षमा अनवरत रुपमा लाग्नु भएको थियो ।

नेता भेटवालको ६५ वर्षको उमेरमा क्यान्सर रोगको उपचारका क्रममा गत चैत २१ गते बुधबार निधन भएको हो । संसद्को अर्काे बैठक यही वैशाख २६ गते अपराह्न १ बजे बस्नेछ । -रासस

प्रकाशित : आइतबार, बैशाख २३, २०७५१३:३१

“सरकार परिवर्तनको अध्याय सकियो”-रक्षामन्त्री पोखरेल