आज कार्तिक १५ पञ्चमी, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

मेष

रिसलाई नियन्त्रण गर्नुहोला। तपाईको काम परिणाम स्वरूप बिग्रिन सक्छ। कुनै पनि धार्मिक कार्यमा वा धार्मिक स्थानमा जाने अवसर मिल्नेछ।

वृष

अत्याधिक कार्यभार र खानपानमा लापरवाहीले तपाईको स्वास्थ्य खराब हुनेछ। समयमा नै भोजन र निन्द्रा नमिल्नाले मानसिक रूपले  बेचैनी अनुभव हुनेछ।निर्धारित समयमा  कार्य पूरा हुनेछैन।

मिथुन

मोज- मस्ती र मनोरंजनको प्रवृत्तिमा तपाईको  विशेष रुचि हुनेछ । सार्वजनिक जीवनमा  मान प्रतिष्ठाको वृद्धि हुनेछ। सार्वजनिक जीवनमा मान- सम्मानको अधिकारी बन्नुहुनेछ।

कर्क

परिवारमा  सुख-शांति बनिरहनेछ। आफिसमा  अनुकूल वातावरण रहला। आर्थिक लाभ हुनेछ।  आवश्यक खर्च हुनेछ ।

सिंह

साहित्य र कलाको  क्षेत्रमा केहि नयाँ  सृजना गर्ने  प्रेरणा मिल्नेछ । सन्तानबाट  शुभ समाचार मिल्नेछ । धार्मिक वा  परोपकार कार्यले  तपाईको मनलाई आनन्द राख्नेछ।

कन्या

मनमा चिन्ताको बोझ रहनाले मानसिक बेचैनीको  अनुभव हुनेछ। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ । पढाईको लागि अनुकुल समय छैन ।

तुला

योग्य ठाउँमा ठुलो लगानीले तपाईलाई लाभदायक रहनेछ। सानो धार्मिक यात्राको आयोजना गर्न सक्नुहुनेछ। विदेशबाट राम्रो समाचार मिल्नेछ ।

वृश्चिक

स्वास्थ्य सम्बन्धी  गुनासो रहनेछ।  अनावश्यक खर्च  रोक्न आवश्यक छ। विधार्थीको पढाईमा अवरोध औअनेछ।

धनु

निर्धारित कार्यमा सफलता र आर्थिक लाभको सम्भावना रहेको छ । आफन्तसँग मिलनले  हर्षित बन्नुहुनेछ । दांपत्यजीवनमा   निकटता र मधुरताको अनुभव गर्नुहुनेछ।

मकर

धार्मिक र आध्यात्मिक प्रवृत्तिमा अत्याधिक व्यस्त रहनु हुनेछ। पूजा- पाठ वा  धार्मिक कार्यको पछाडी तपाईको धन खर्च हुनेछ। धेरै परिश्रम गर्दा पनि सफलता कम मिल्नाले निराशा  आउनेछ।

कुम्भ

मित्र वर्ग, विशेष रूपले  स्त्री मित्रबाट लाभ हुनेछ।  सामाजिक मंडलमा  तपाईले प्रसिद्दि र प्रतिष्ठा प्राप्त गर्न सक्नुहुनेछ । श्रीमती र पुत्रको तर्फबाट सुख र सन्तोष अनुभव गार्नुहुनेछ।

मीन

कामको  सफलता र उच्च पदाधिकारिको  प्रोत्साहनले तपाईको उत्साह बढ्नेछ। व्यापारीको व्यापार र आयको वृद्दि हुनेछ। स्वास्थ्य राम्रो हुनेछ।  परिवारमा  सुख- शांति रहनेछ ।

प्रकाशित : बिहिबार, कार्तिक १४, २०७६१५:५१

कृष्णनगरमा मृत्यु हुने भारतीय, भीडलाई उत्तेजित तुल्याउन नेपाल भित्रिएको आकलन