टोटेनहममाथि लिभरपुलको जित

एजेन्सी– उत्कृष्ट पुनरागमनका साथ प्रिमियर लिगमा आइतबार टोटेनहमलाई २–१ ले हराएपछि शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग छ ६ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा साविक विजेता म्यानचेस्टर सिटी छ ।

मोहम्मद सालहले ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि लिभरपुलले घरेलु मैदानमा महत्वपूर्ण जित हासिल गरेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा सेर्ने औरिरले लडाएपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

टोटेनहमले पहिलो मिनेटमै हेरी केनको गोलबाट अग्रता लिएको थियो । उनले हेडमार्फत गोल गरेका थिए । सन हियुग मेनको प्रहार क्रसबारमा लागेर फर्केपछि त्यसमै केनले गोल गरेका थिए । साहल रोबेर्टो फर्मिनोले गोल फर्काउने प्रयास गरेपछि सफल भएको थिएन ।

अर्को तिर दोस्रो हाफमा स्पर्सको प्रहार क्रसबारमा लागेको थियो । लिभरपुलका लागि जोर्डन हेन्डरसनले ५२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । यो सिजन अपराजित रहेको लिभरपुलको २८ अंक पुगेको छ । टोटेनहम १२ अंकका साथ १० औं स्थानमा छ ।

प्रकाशित : सोमबार, कार्तिक ११, २०७६०८:५९

नेपालले थाइल्याण्डसँग खेल्ने