रोनाल्डोविनाको युभेन्टस हारबाट जोगियो !

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा साविक विजेता युभेन्टस लेच्चेसँग बराबरीमा रोकिएको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा युभेन्टस लिगको तल्लो स्थानमा रहेको लेच्चेसँग १-१ को बराबरीमा रोकियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५० औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै लेच्चेले पेनाल्टी प्राप्त गर्यो । उक्त पेनाल्टीलाई मारको मान्कोसुले गोलमा परिणत गर्दै खेलमा फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा युभेन्टस अंक बाँड्न बाध्य भयो ।

यससँगै युभेन्टसले लिगमा दोस्रो पटक अंक गुमाएको छ । युभेको ९ खेलमा ७ जित र २ बराबरीसहित २३ अंक भएको छ । यस बराबरीले युभेको शीर्षस्थानमा रहिरहने सम्भावनामा पनि धक्का पुगेको छ । दोस्रो स्थानको इन्टर मिलानले ८ खेलमा २१ अंक जोडेको छ । आज हुने खेलमा इन्टरले पार्मालाई पराजित गरे लिगको शीर्षस्थानमा पुग्नेछ ।

प्रकाशित : शनिबार, कार्तिक ०९, २०७६२०:५८

प्रधानमन्त्री ओली दोहामा