कम्युनिष्टभन्दा राम्रो काम गर्न देउवाको निर्देशन, असहयोग गर्ने कर्मचारीहरूको हिसाब राख्ने चेतावनी !

सांकेतिक तस्विर

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कम्युनिष्टभन्दा उत्कृष्ठ हुन निर्देशन दिएका छन्।

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुरु गरेको कार्यक्रमलाई उद्घाटन गर्दै देउवाले कम्युनिष्टभन्दा उत्कृष्ठ हुन निर्देशन दिएका हुन्। कम्युनिष्टहरूले जितेका स्थानीय तहमा भन्दा कांग्रेसले जितेका ठाउँमा उत्कृष्ठ काम हुनुपर्ने उनको निर्देशन छ

पार्टीबाट उम्मेदवार भई चुनाव जितेर स्थानीय तहमा काम गरिराखेका प्रमुख/उपप्रमुखलाई कम्युनिष्टले भन्दा राम्रो काम देउवाको निर्देशन छ। आफ्नो पार्टीले चुनाव जितेको क्षेत्रमा कम्युनिष्टले भन्दा राम्रो कम गरेर देखाउनु पर्ने उनले बताए।

फाइल तस्बिर

“हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ। कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्‍यो।”,निर्देशन दिँदै देउवाले भने,”जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनुपर्छ।

यस्तै देउवाले कर्मचारीहरूले असहयोग गरेको उल्लेख गर्दै त्यस्ता कर्मचारीको कांग्रेसले हिसाब राख्ने पनि चेतावनी दिए। जनताको करबाट पारिश्रमिक खाने कर्मचारीहरू पार्टीमा लाग्न नहुने उनले स्पष्ट पारे।

प्रकाशित : शुक्रबार, कार्तिक ०१, २०७६१४:१७

काङ्ग्रेस सांसद आलम पक्राउ गर्नु काङ्ग्रेसविरुद्धको षड्यन्त्र हो: देउवा