भारतले संसारलाई बुद्ध दिएको मोदीको दावी !

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसारलाई युद्ध नभई बुद्ध दिएको दावी गरेका छन्। संयुक्त राष्ट्र संघको महासभालाई संबोधन गर्नेक्रममा मोदीले शुक्रबार भारतले विश्वलाई बुद्ध दिएको दावी गरेका हुन्।

महासभालाई १७ मिनेट सम्म सम्बोधन गरेका मोदीले विभिन्न विषयमा बोलेका थिए। जसक्रममा उनले आफूहरु संसारलाई युद्ध नभई बुद्ध दिने देशको बासिन्दा भएको दावी गरे।

राष्ट्र संघमा महात्मा गान्धीलाई समेत सम्झिएका मोदीले माहात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेको समेत जानकारी गराए। भारत शान्तिको पक्षमा रहेको उल्लेख गर्दै मोदीले बुद्ध र गान्धीलाई सम्झिएका हुन्।

आतंकविरुद्ध संसार सतर्क रहनु पर्ने समेत बताएका मोदीले पाकिस्तानको नाम नलिएता पनि घुमाउरो पाराले पाकिस्तानको आलोचना समेत गरे। आतकंवाद एक देशको मात्र नभएर सम्पूर्ण मानवताको सबैभन्दा ठूलो चुनौती रहेको पनि उनले स्पष्ट पारे।

यस्तै मोदीले आयुष्मान भारत, स्वच्छता अभियान, जनधन योजना कस्ट अभियानको बारेमा पनि जानकारी गराएका छन्। पाँच वर्षमा १५ करोड भारतीयको घरमा पानीको पाइप पुर्याउने र गरिबको लागि दुई करोड नयाँ घर निर्माण गर्ने योजना रहेको पनि महासभामा जानकारी गराए।

प्रकाशित : शनिबार, असोज ११, २०७६०९:२८

गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ पक्राउ