दिल्लीको हारसँगै लगभग टुंगिएको सन्दीपको आइपिएल यात्रा!

काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबारको खेलमा सनराईजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराएको छ। आफ्नै घरेलु मैदानमा दिल्ली डेयरडेभिल्सलाई हराउन सनराईजर्स हैदरावाद सफल भएको हो। हिजोको जितसँगै सनराईजर्स हैदरावादले ९ खेलबाट १४ अंक बटुलेको छ। साथै अंक तालिकाको शिर्ष स्थानमा आफ्नो पकड जमाएको हो।

खेलमा पहिले ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले निर्धारीत २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाउन सफल भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले ३ विकेटको क्षतिमा एक बल बाँकि हुँदै लक्ष्य भेटाएको हो। दिल्लीका लागि पृथ्वी शाले सर्वाधिक ६५ र श्रेयर ऐयरले ४४ रन बनाउन सफल भए भने अन्य खेलाडी खासै टिक्न सकेनन्। उता हैदरावादका लेक्स हेल्सले ४५, शिखर धवनले ३३, केन वलियम्सनले ३२ र युसुफ पठानले २७ रन बनाउदै जित आफ्नो टिममा पारे।

बलिंग तर्फ दिल्लीका अमित मिश्राले २ र लियाम प्लंकेटले एक विकेट बाहेक अन्यले विकेट लिन सकेनन्। होजो भएको खेलमा हारसँगै प्ले अफबाट दिल्ली बाहिरिने सम्भावना बढेको छ। सन्दिप लामिछाने अनुबन्दित भएको कारण दिल्लीको खेललाई नेपालीले महत्वको साथ हेरेको भए पनि सन्दिपले दिल्लीबाट एक खेल पनि खेल्ने मौका पाएनन्। यस खेलसँगै दिल्लीको आइपिएल यात्रा समाप्त हुने लगभग भएको छ। आब गणितीय हिसाबमा मात्रै दिल्लीको सम्भावना रहेको हो। साथै सन्दीपको पनि आइपिएल यात्रा एक खेल नखेली सकिने सम्भवन बढेको छ। अहिले सम्म एक खेल पनि खेल्न नपाएका सन्दीपले खेलमा भाग लिने अवसर पाउछन कि पाउदैनन् हेर्न बाँकि रहेको छ।

प्रकाशित : आइतबार, बैशाख २३, २०७५०३:१५

एशियाली खेलकूदका लागि बन्द प्रशिक्षण शुरु