आजको दिन तपाईको कस्तो रहला? हेर्नुहोस आजको राशिफल!!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज तपाईलाई हरेक कुराले तनाब दिलाउन सक्ने देखिन्छ भने आजको दिनमा तपाईलाई आर्थिक संकटले पनि सताउने देखिन्छ। व्यावसायिक स्थलमा आज तपाईको झैँ-झगडा हुने योग रहेको हुँदा सजक रहनु होला। आजको दीनम तपाईले व्यावसायिक यात्रा नराखेकै उचित हुने देखिन्छ। तीर्थ यात्रा यात्रा भने सफल हुन सक्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आज तपाई कुनै पनि हालातमा नयाँ कार्य थालनी नगर्नु होला। आजको दिनमा आर्थिक लेन-देन समेत नगरेकै उचित हुन सक्ला। बाहिरी व्यापार क्षेत्रमा अवस्थित वातवरण शिर्जना हुन सक्ला। उच्च अधिकारिसंग आज तपाईको भनाभन हुन सक्ने देखिन्छ। सरकारी कार्य गर्दा पनि संयम रहनु होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आज तपाई विशेष मनोरन्जनमा व्यस्त रहनु हुने देखिन्छ भने आजको दिनमा तपाईको यात्रामा खर्च बढ्न सक्ला। मित्रजनसंग भ्रमणहरू व्यवस्थित हुनेछन् आज तपाईको अआर्थिक कार्य सफल हुने भएता पनि मध्य दिउँसो पछि तपाईं अधिक भावुक हुनुहुनेछ। साथै आज तपाईलाई अध्ययनमा भने सफलता मिल्न सक्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आज आइतबार व्यवसायिक स्थलमा वातावरण अनुकूल रहने देखिन्छ। आज तपाईको निर्धारित कार्य समयमानै सम्पन्न हुने देखिन्छ। आज तपाईको वैदेशिक यात्रा समेत हुन सक्ला। आज तपाईको शारीरिक र मानसिक स्वास्थ्य राम्रै हुने देखिन्छ। आज तपाईको मुद्दा-मामिला समेत मिलेर जाने दिन परेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

विशेषतः आजको दिन प्रणय-प्रसंगको लागि उचित रहेको छ। आज तपाईको प्रेम सम्बन्धले नयाँ रुप लिन सक्ला। साथै आज तपाईलाई उपहार समेत मिल्ने देखिन्छ। पेट सम्बन्धी रोगहरूको कारण शारीरिक दुखाइ हुन सक्छ। तर आज मध्यान्न पछी भने तपाईको स्वास्थ्य पनि सुध्रने देखिन्छ। पारिवारिक वातावरण राम्रै रहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आज तपाई शारीरिक रूपले ऊर्जाको कमी महसुस गर्नु हुने देखिन्छ। तर आज तपईकोम मानसिक चिन्ता भने टाढा हुने दिन परेको छ। आज तपाईको धनहानि हुने सम्भावना रहेको हुँदा सजक रहनु होला। काममा सफलताको कमीको कारण, निराशा बढ्ने देखिन्छ। स्वादिष्ट भोजनको आनन्द लिने अवसर भने मिल्न सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आज आइतवार नयाँ कार्य सुरु गर्न शुभ दिन रहेको छ। आज तपाईलाई राजनीतिक तवरबाट पनि उचित लाभ मिल्ने देखिन्छ। आजको दिनमा तपाईको घर-जग्गा सम्बन्धि कार्यबाट लाभ मिल्न सक्ला भने आज तपाईको सामाजिक सम्मान प्राप्त गर्ने योग रहेको छ। तर मध्यान्न पछी भने दुःख बढ्न सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आज तपाईलाई कार्य भार बढेर जाने देखिन्छ भने आज निर्धारित कार्य समयमा सम्पन्न गर्नको लागि हतासा बढेर जाने देखिन्छ। साथै महत्त्वपूर्ण कार्य कार्य परिवारबाट सहयोग लिनु होला। साथै आज निर्णय लिदा समेत संयम रहनु पर्ने देखिन्छ। परिवार र बहिनीहरूसँग खुसीसाथ समय बित्ने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

आजको दिन तपाईको लागि सम्पूर्ण तवरबाट शुभ देखिन्छ भने आज तपाईको आर्थिक,पारिवारिक साथै भौतिक लाभ मिल्ने देखिन्छ। तर आज तपाईको बोलीमा रुस्ठता बढ्नाले मिल्ने साथीले चित्त दुखाउन सक्ने देखिन्छ। अधिक खर्च हुनाले तपाईमा निराशा छाउन सक्ला। साथै आज तपाईको यात्रा गर्न शुभ देखिन्न।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आजको दीनम तपाईलाई खासै सफलता मिल्ने देखिन्न भने आज तपाईले गर्नु भएको हरेक प्रयास असफल हुने देखिन्छ। निर्धारित कार्य समयमा सम्पन्न नहुनाले तपाईमा मानिसक चिन्ता बढेर जाने देखिन्छ। आज तपाईको नयाँ कार्य थालनीको लागि खासै शुभ देखिन्न। तर आज तपाईको हरेक परिस्थितिमा मध्यान्न पछी भने सुधार आउने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आजको दिन तपाईको गरेक तरिकाबाट लाभप्रद रहने देखिन्छ। आज तपाईलाई हरेक प्रकारको शुख मिल्न सक्ला भने आज तपाईको वैदेशिक यात्रा समेत सफल भएर जाने देखिन्छ। आज तपाईलाई धातु सम्बन्धि कारोबारबाट लाभ मिल्न सक्ला। धन अधिक खर्च नहोस भन्नेको लागि भने सजक रहनु होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आजको दिन तपाईको अरुबाट प्रसंशा सुन्नमानै व्यस्त रहने देखिन्छ। आज तपाईको सामाजिक कार्य प्रतिको रुची साथै दायित्व बढ्न सक्ला।आयमा वृद्धिको सम्भावना छ। आजको दीनमा तपाईलाई स्त्री वर्गबाट आर्थिक लाभ मिल्न सक्ला। आज तपाईको पैत्रिक सम्पत्तिले लाभ दिलाउन मद्दत गर्ने देखिन्छ।

प्रकाशित : शनिबार, बैशाख २२, २०७५१२:०४

राष्ट्रियसभामा यी चार अध्यादेश प्रस्तुत