तीनहजारलाई पुन: कोरिया लगिने

काठमाडौँ, १६ वैशाख,पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ ।

कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो ।

“परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ”, खनालले भन्नुभयो, “परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।” लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ ।

प्रकाशित : आइतबार, बैशाख १६, २०७५१०:३७

घुमाउन लैजाने बहानामा सामुहिक बलात्कार!गर्ववती भए पछी जवरजस्ती गर्वपतन!