आज कार्तिक महिनाको अन्तिम दिन तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज तपाईको बन्न लागेको कार्य बिग्रंदा काम दोहोर्याउनुपर्ने स्थिति आउनु पर्ने देखिन्छ। आत्याधिक भावनामा बहानाले तपाईलाई निर्णय गर्न असहजता हुने देखिन्छ। आध्यात्मिक रुपमा आजको दिन तपाईलाई लाभ मिल्न सक्ला। परिवारमा भने तपाईको सम्बन्ध खासै राम्रो नहोला। निर्णय गर्दा संयम रहनु होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आज तपाईको दांपत्य जीवन राम्रै रहला भने परिवारबाट साथ मिल्न सक्ला। आज व्यवसायको क्षेत्रमा लाभ उठाउन खासै गार्हो नपर्ने देखिन्छ। आजको दिन तपाईको मनोरन्जनमा केन्द्रित रहने देखिन्छ। आज तपाई प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सफल रहनु हुने देखिन्छ। मित्रता र प्रेम सम्बन्ध पनि रोमान्चित रहन सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आज तपाईलाई आर्थिक मामलामा शुभचिन्तकहरू बाट राम्रै साथ मिल्न सक्ला। आज तपाईलाई शारीरिक र मानसिक स्वास्थ्यले साथ दिने देखिन्छ। प्रतीक्षित नतिजा उत्साहप्रद रहने आजको दिनमा तपाईलाई जागिरमा पनि लाभ मिल्न सक्ने देखिन्छ। प्रतिपक्षीहरूलाई पराजित गर्न खासै गार्हो नपर्ने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आज तपाईको नयाँ प्रतिष्ठित काम सुरु हुन सक्ला भने आज तपाईको स्वास्थ्य पनि राम्रै रहने देखिन्छ। आजको दिन विभिन्न तरिकामा आनन्दित रहन सक्ला। अचल सम्पत्ति सम्बन्धि कार्यमा तपाईलाई आज लाभ मिल्न सक्ला। आज कानुनी कार्यमा पनि तपाईको शुभ देखिन्छ। आज राजनीतिक कार्यमा पनि आजको दिन राम्रो देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

आज तपाई भविष्यका लागि विशेष कार्य शुरु गर्नु हुने देखिन्छ। आज तपाईलाई नयाँ कार्य थालनीको लागि प्रेरणा मिलन सक्ला। आज कार्यालयमा पनि सहकर्मी तपाईको कार्यलाई लिएर प्रसन्न रहने देखिन्छ। आज तपाईको कार्यभार वृद्धि हुनेछ। बाध्यताले भने अलमल्याउन सक्ने हुँदा सजक रहनु होला। परिवारका कारण आर्थिक लाभ मिल्न सक्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आज तपाईको आर्थिक लाभ भन्दा खर्च बढेर जाने भएता पनि आजको तपाईको दिन अन्य कार्यमा भने सफलनै रहने देखिन्छ। आज तपाईको मधुरवाणीका कारण तपाईको कार्य सफल रहने देखिन्छ। विरोधीहरूलाई पराजित गर्न सक्षम रहनु हुने तपाईको आजको दिन धार्मिक कार्यमा पनि सरिक रहनु हुने देखिन्छ। वैदेशिक यात्रा गर्नको लागि पनि आजको दिन तपाईको लागि शुभ देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिर्घकालिन योजना बनाउनको लागि आजको दिन तपाईको शुभ देखिन्छ। आजको तपाईको दिन अर्थपूर्ण रहने देखिन्छ भने आज तपाईको आर्थिक कार्यहरु सफल रहने भएता पनि तपाईको कानुनी कार्यबाट भने टाढानै रहनु होला। आज तपाईमा आलस्यता भने हावी रहने देखिन्छ। आज साँझ तपाईलाई पाचन सम्बन्धि समस्याले सताउन सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आज तपाईको परिवारसंग मनोरम यात्रामा व्यतित हुने देखिन्छ। तर आज तपाईको आकस्मिक व्ययको सामना हुने देखिन्छ। आज सकेसम्म कुनै पनि आर्थिक कार्यमा आफैं अगाडी नबढ्नु होला। आज साझेदारी गर्नको लागि शुभ देखिन्न। अध्ययनमा पनि बाधाहरूको सामना हुन सक्ने आजको दिन तपाईको खासै शुभ देखिन्न।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

आजको दिन तपाईको लागि कष्टदायक रहने देखिन्छ। परिवारका सदस्यहरुसंग भ्रमको स्थिति शिर्जना हुन सक्ने देखिन्छ। प्रकृतिमा रिस आवेश भरिपुर्ण रहने हुँदा आज कार्य सिद्धिमा असर पर्ने देखिन्छ। बोलीमा नियन्त्रण राख्नु भएमा तपाईको दिन राम्रो रहन सक्ला। आज तपाई सवारीबाट हुने दुर्घट्ना देखि सावधान रहनु होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाईको उठ्नुपर्ने रकम उठ्नाले तपाईलाई राहत मिल्ने देखिन्छ। घरमा तपाईको केहि कार्यक्रमको आयोजना हुने देखिन्छ। आज तपाईको अचल सम्पत्तिको खरिद गर्नको लागि शुभ देखिन्छ। मनोरञ्जन र खुशीको कार्यमा समय व्यतित रहने देखिन्छ। आज धार्मिक कार्यमा पनि तपाई सरिक हुने अवसर पाउनु हुने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आज तपाईमा उच्च पदाधिकारी साथै परिवारजनको कृपादृष्टि रहनाले तपाईलाई आर्थिक लाभ मिल्ने देखिन्छ। नौकरी-व्यापार क्षेत्रमा आर्थिक लाभ मिल्न खासै गार्हो नपर्ने देखिन्छ। आज तपाईको सामाजिक कार्य प्रतिको लगाभ बढेर जाने देखिन्छ भने आज तपाईको मान-सम्मान पनि बढ्न सक्ला। छलफल र विवादबाट भने टाढा रहनु होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आज तपाईलाई शरीरक साथै मानसिक रुपबाट थकान तथा बेचैनी हुने देखिन्छ। परिवारमा आर्थिक समस्याले सताउन सक्ला। आज कार्यभार वृद्धि हुनेछ। आज तपाईलाई बाध्यताले अलमल्याउन सक्ने हुँदा सजक रहनु होला। ईर्ष्या गर्नेहरू सक्रिय हुनाले तपाईले संयम रहनु होला। तर आज तपाईलाई कानुनी कार्यमा भने सफलता मिल्ने देखिन्छ।

प्रकाशित : बिहिबार, कार्तिक २९, २०७५१३:५८

भोलि कार्तिक महिनाको अन्तिम दिन तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !