क्यानडाले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य, कुशल भुर्तेल बिना नेपालले लक्ष्य पूरा गर्ला त ?

काठमाडौँ : एक दिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले नेपालसामू २८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्टिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन जोड्यो।

क्यानडाका ओपनर आरोन जोन्सन र नवनित धलिवालले पहिलो विकेटको लागि ९४ रनको साझेदारी गर्दै शानदार सुरुवात दिएका थिए। उनीहरुको पार्टनरशिप डेब्युटेन्ट आकाश चन्दले तोडेका थिए।

क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रमका ब्याटरको लगातार विकेट लिएपछि खेलमा फर्किएको थियो। यस एकदिवसीय खेलमा सुर्य तामाङ्गले पहिलो विकेट हात पारेका छन्। कप्तान रोहित पौडेल र कुशल मल्लले २-२ विकेट हात पारे भने आकाश चन्द, सोमपाल कामी, पवन सर्राफ र सुर्य तामाङ्गले १-१ विकेट लिए।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो।

क्यानडाविरुद्धको खेलमा नेपालका १९ वर्षीय आकाश चन्दले डेब्यु गरेका हुन्। उनले ललितनारायण राजवंशीको स्थान लिँदै आजको खेलमा डेब्यु गरेका हुन् । चन्द नेपाली सिनियर टोलीबाट एक दिवसीय खेल खेल्ने ४०औँ खेलाडी बनेका छन् । उनलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शरद भेषावकरले ‘क्याप’ दिए। आइसिसी यु–१९ विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि चन्द सिनियर टोलीमा स्थान बनाउन सफल भएका हुन्।

क्यानडाविरुद्धको दोस्रो खेलमा नेपाली टोलीमा चन्दसँगै रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ र अनिलकुमार साह छन्।

प्रकाशित : , ०, ०१३:२६

बिहिबारबाट सुरु हुँदैछ रोमाञ्चक त्रिदेशीय भिडन्त, को – को परे नेपालको टिममा ?