नेदरल्यान्ड्स टोली गहिरो सङ्कटमा, ११ ओभरमा गुमायो ६ विकेट

काठमाडौँ : नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा टस हारेर फिल्डिङमा उत्रिएको नेपालले नेदरल्यान्ड्सका टोलीलाई दबाबमा रहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सको टोली ११ ओभरमा ६ विकेट गुमाउँदै ६३ रन बनाएर खेलिरहेको छ।

बलर करण केसीले पहिलो ओभरमै २ विकेट लिएपछि नेपालले नेदरल्यान्ड्सलाई दबाबमा राख्न सुरु गरेको थियो। त्यससँगै देब्रे हाते मध्यम गतिका बलर प्रतिस जिसीले एकै ओभरमा २ महत्वपूर्ण विकेट लिए। त्यसपछि कुशल मल्लले पनि २ विकेट आफ्नो हात पारेका छन्।

प्रकाशित : , ०, ०१२:३४

बलिङमा सनसनी मच्चाउँदा नेपालले पायो सामान्य लक्ष्य