सन् २०२४ मा नेपाली क्रिकेट खेलाडीहरुले मासिक तलब कति पाऊलान् ? यस्तो छ ग्रेडअनुसार तलब

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ(क्यान) ले सोमबार सन् २०२४ को लागि सेन्ट्रल कन्ट्राक्टमा रहने खेलाडीहरुको वर्गीकरण सार्वजनिक गरेको छ।

नेपाल क्रिकेट सङ्घको मिति २०८० फागुन १२ र १४ गते सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले ग्रेड ‘ए’ मा पर्ने खेलाडीहरुलाई रु. १ लाख मासिक तलब उपलब्ध गराउने निर्णय गरेको छ। ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, करण केसी, आशिफ शेख, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरी रहेका छन्।

ग्रेड ‘बी’ मा पर्ने खेलाडीहरुलाई ७० हजार, सी लाई ५५ हजार, डी लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

त्यस्तै महिलातर्फ ए ग्रेडका खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बी ग्रेडलाई ३५ हजार, सी लाई ३० हजार, डी लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

पुरुषतर्फ ३० खेलाडीले केन्द्रिय सम्झौता प्राप्त गर्दा महिलातर्फ १९ जना ग्रेडीङमा परेका छन् ।

पुरुष तर्फ : ३० जना

ग्रेड “ए” – रोहित पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल

ग्रेड “बी” – कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा

ग्रेड “सी” – बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.

ग्रेड “डी” – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ

इमर्जिङ क्याटोगर – दिपेश कंडेल (कोशी), रुपेस सिंह ( मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी ( सुदुर पश्चिम) ।

साथै ग्रेड “ए” लाई रु. १ लाख, ग्रेड “बी” लाई रु.७० हजार, ग्रेड “सी” लाई रु. ५५ हजार, ग्रेड “डी” लाई रु. ३५ हजार र इमर्जिङ क्याटोगरलाई रु. २५ हजार मासिक तलब उपलब्ध गराउने समेत निर्णय गरिएको छ।

महिला तर्फ (१९ जना )

ग्रेड “ए” – इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर

ग्रेड “बी” – कविता कुँवर

ग्रेड “सी” पुजा महतो, अश्मिना कर्माचार्य

ग्रेड “डी” – अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल

ईमर्जिङ क्याटोगरि – सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन ।

साथै ग्रेड “ए” लाई रु.५० हजार, ग्रेड “बी” लाई रु. ३५ हजार, ग्रेड “सी” लाई रु. ३० हजार, ग्रेड “डी” लाई रु. २५ हजार र इमर्जिङ क्याटोगरिलाई रु. २० हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरिएको छ।

प्रकाशित : , ०, ०१५:२६

आज नेपाल र नामिबिया भिड्दै, ओडिआई हारको बदला लिने मौका