बिहिबारबाट सुरु हुँदैछ रोमाञ्चक त्रिदेशीय भिडन्त, को – को परे नेपालको टिममा ?

काठमाडौँ :  विकेटकिपर अनिल साह र युवा खेलाडी देव खनाललाई समेट्दै आईसीसी विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारदेखि सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित लिग–२ सिरिजका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो ।

अनिल र देवलाई हालै सम्पन्न क्यानडासँगको एक दिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कारण टोलीमा राखिएको क्यानले जनाएको छ । यद्यपि क्यानले यसअघि नै राष्ट्रिय टोलीको घोषणा गरिसकेको थियो ।

अनिल र देवले टोलीमा स्थान बनाउँदा यसअघि टोलीमा रहेका रिजन ढकाल र विकेटकिपर अर्जुन साउद बाहिरिएका छन् । लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले बिहीबार नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्नेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ सेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सूर्य तामाङ ।

लिग–२ खेल तालिका

१५ फेब्रुअरी बिहीबार – नेपाल विरुद्ध नामिबिया

१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स

१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया

२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स

२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स ।

प्रकाशित : , ०, ०१६:५३

नेदरल्याण्डविरुद्धको अन्तिम खेल ज्यान दिएर खेल्ने कप्तानको घोषणा