सन्न्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लागेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को सचिव समेत रहेका पारसले ३० महिनाअघि सक्रिय खेलाडीबाट सन्यास लिए पनि रुपन्देहीमा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न लागेका हुन्।

मैदान उद्घाटनको क्रममा चार टोलीबीच टी–१० प्रतियोगिता आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । उद्घाटन फागुन १४ गते हुनेछ ।

उक्त अवसरमा सोही मैदानमा नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपाली टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबिच क्रिकेट प्रतियोगिता हुनेछ । पूर्व कप्तान पारसले सन् २०१४ टोलीको कप्तानी गर्नेछन्।

प्रकाशित : , ०, ०२१:५७

क्यानडाले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य, कुशल भुर्तेल बिना नेपालले लक्ष्य पूरा गर्ला त ?