कबड्डी खेल्ने चेलीहरुले जोगाए नेपालको साख, लाजलाग्दो पदकविहिन अवस्थाबाट बचाए देशलाई

काठमाडौँ : चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) को १०औं दिन नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बढाएको छ । महिला कबड्डीमा को समूह ‘बी’ मा सोमबार नेपालले बङ्गलादेशलाई ३७-२४ ले हराएसँगै पदक जित्ने झिनो आशा जगाएको हो । पहिलो हाफमा २१-१६ को अग्रता लिएको नेपालले दोस्रो हाफमा १६-८ को जित निकालेको थियो ।

जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ । ७ टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बङ्गलादेश एकै समूहमा छन् । नेपालले समूहको अर्को खेल मंगलबार इरानसँग खेल्नेछ । यस्तै समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्ड छन् ।

लगातार स्वर्ण जित्ने अभियानमा रहेको इरान समूहमा बलियो रहेकोले बंगलादेशलाई हराएको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना बढी छ । कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुनेछ ।

अन्तिम चारमा पराजित हुने दुवै टोलीले कास्य पाउने व्यवस्था रहेको छ । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेल तेक्वान्दो, कराते, उशु, जुडो लगायतका खेलाडी पदकविहीन बनेपछि नेपालले अब महिला कबड्डीमा कम्तीमा काँस्य पदक जित्ने छनक देखाएको छ ।

मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीले हाङझाउ आउनुअघि भारतमा एक महिना बैदेशिक प्रशिक्षण गरेको थियो । नेपालले सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बङ्गलादेशलाई ३६-२५ ले हराएको थियो । नेपाली महिला टोलीले सागको फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो ।

प्रकाशित : , ०, ०१६:१०

नेपाललाई सुरुवातमै २ सफलता, खाता नखोली आउट भए दुई अफगानी ब्याट्सम्यान