नेपाललाई सुरुवातमै २ सफलता, खाता नखोली आउट भए दुई अफगानी ब्याट्सम्यान

काठमाडौँ : – दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित  बफ्यालो पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ।

नेपालका ओपनर बलर गुलशन झाले चौथो बलमै अफगानिस्तानका ओपनिङ ब्याट्सम्यानलाई आउट गरेका छन्।

गुलशन झाले अफगानिस्तानका ब्याट्सम्यान नुमन शाहलाई डक आउट गरेका हुन्। उनी खाता नै नखोली पेभेलियन फर्किएका हुन्।

यससँगै तेस्रो नम्बरमा आएका अर्का ब्याट्सम्यान खलिद तनिवाल पनि आउट भएका छन्। उनी आकाश चन्दको बलमा खाता नखोली आउट भएका हुन्।

प्रकाशित : , ०, ०१४:०१